सल्यान र रोल्पा जोड्ने पक्की पुल बागचौरको जंघारखोलामा सिलान्यास

१२ फागुन सल्यान
जिल्लाको बागचौर नगरपालिका २ र ८ को शारदा नदिको जंघारमा पक्की पुलको शिलान्यास गरिएको छ ।

बिहिवार पुलको शिलान्यास गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीेकीले जंघारमा पुल बन्ने भए पछि उक्त क्षेत्रका बासीन्दा लाई सहज हुने बताएका छन्।
नगरप्रमुख बुढाथोकीले सल्यान र रोल्पा जोडने उक्त पुलको महत्व धेरै रहेको र पुल बने पछि उक्त समस्याको समधान हुने  बताएका छन् ।
मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने रुटमा पुल बन्ने भएपछि स्थानीय जनताको जिवनस्तरमा निकै ठुलो लाभ मिल्नुका साथै कर्णाली प्रदेश र लुम्बिनी प्रदेशलाई जोड्ने काम गर्ने   नेकपा माआवादी केन्द्रका नेता भिम प्रकाश शर्माले बताए ।
३ करोड ६२ लाख लागतमा २५ मिटर लम्वाई र ११ मिटरको पक्की पुल बन्न लागेको निर्माण कम्पनिका प्राकृतिक निशान जेभिका प्रतिनिधि विजय विकले बताए ।

पुलको निर्माणकार्य यही आर्थिक मसान्त भित्र सक्ने गरि काम थालिएको निर्माण कम्पनिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस