एमसीसी विरुद्ध सल्यानको श्रीनगरमा मसाल जुलुस

फागुन ११, सल्यान ।

एमसीसी विरुद्ध सल्यानको श्रीनगरमा मसाल जुलुस निकालिएको छ । विभिन्न ३ पार्टीका विद्यार्थी संगठनले एमसीसी बिरुद्ध बुधबारसाँझ श्रीनगर बजारमा मसाल जुलुस निकालेका हुन् ।

सयौं संख्यामा उपस्थितहरुले श्रीनगरको माथिल्लो चोकबाट तल्लो बसपार्कसम्म रांके जुलुस समाएर एमसीसी बिरुद्ध नाराबाजी गरेका थिए ।

माओवादी निकट अखिल क्रान्तिकारी, विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियु सल्यानले संयुक्त रुपमा बिरोध कार्यक्रमको आयोजना गरेका हुन् ।

जुलुसपछि कोणसभालाई विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य टंक प्रकाश केसी, माओवादी निकट अखिल क्रान्तिकारीका प्रदेश कमिटीका चेतन गिरी, समाजवादी निकट अनेरास्ववियुका जिल्ला अध्यक्ष निरज सिंहले सम्बोधन गरेका थिए । उनिहरुले कुनैपनि हालतमा एमसीसी पास गर्न नहुने बताए ।

यी ३ विद्यार्थी संगठनले भोलि जिल्ला प्रशासन घेराउ कार्यक्रम गर्ने जनाएका छन् ।

 

फागुन ११, सल्यान ।

एमसीसी विरुद्ध सल्यानको श्रीनगरमा मसाल जुलुस गरिएको छ । विभिन्न ३ पार्टीका विद्यार्थी संगठनले एमसीसी बिरुद्ध बुधबारसाँझ श्रीनगर बजारमा मसाल जुलुस निकालेका हुन् ।

सयौं संख्यामा उपस्थितहरुले श्रीनगरको माथिल्लो चोकबाट तल्लो बसपार्कसम्म रांके जुलुस समाएर एमसीसी बिरुद्ध नाराबाजी गरेका थिए ।

माओवादी निकट अखिल क्रान्तिकारी, विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियु सल्यानले संयुक्त रुपमा बिरोध कार्यक्रमको आयोजना गरेका हुन् ।

जुलुसपछि कोणसभालाई विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य टंक प्रकाश केसी, माओवादी निकट अखिल क्रान्तिकारीका प्रदेश कमिटीका चेतन गिरी, समाजवादी निकट अनेरास्ववियुका जिल्ला अध्यक्ष निरज सिंहले सम्बोधन गरेका थिए । उनिहरुले कुनैपनि हालतमा एमसीसी पास गर्न नहुने बताए ।

यी ३ विद्यार्थी संगठनले भोलि जिल्ला प्रशासन घेराउ कार्यक्रम गर्ने जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस