सल्यानको दार्मामा उधमी संग उपाध्यक्ष कार्यक्रम सम्पन्न

०९ फागुण २०७८

सल्यानको दार्मा गाउँपालिकाले उधमी संग उपाध्यक्ष कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाले आर्थिक बर्ष २०७८/७९ का लागी बिनियोजन गरेको रकम बाट ड्राइभिङ्घ ,पलम्बर, हाउस वाइरिङ, मसला उत्पादन लगाएतका शिपमुलक तालिम गाउँपालिका भित्रका २ सय महिला पुरुष लाई दिएको दार्मा गाउँपालिका सल्यानले जनाएको छ । सोमबार भएको समापन कार्यक्रममा बोल्दै दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले दार्मा गाउँपालिकाको बिकासको लागी गाउँपालिका भित्रका सम्पुर्ण नागरिकको महत्वपुर्ण भुमिका रहने बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केसीले बिभिन्न किसीमका तालिममा सहभागी हरुलाई दक्ष बन्नको लागी अझै पनि लागी पर्न आग्रह गरेका हुन । समापन कार्यक्रममा बोल्दै दार्मा गाउँपालिकाकी उपाध्यक्ष टिका शर्मा वलीले अहिलेको युग सुहाउदो सिप मानिसमा हुन जरुरत रहेको बताएकी छन् । उनले उधमी संग उपाध्यक्ष कार्यक्रमले गाउँपालिका भित्रका सयौ नागरिकलाई सीकाई प्रति जागरुक बनाएको बताएकी हुन ।
दार्मा गाउँपालिकाको आयोजना र नागार्जुन इन्ष्टिच्यूट हेल्थ साईन्स प्रा.लि काठमाण्डौको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
प्रतिक्रिया दिनुहोस