एमसीसी नेपालको हितमा छ डा.डिला संग्रौला

८ फागुण २०७८

नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डा. डिला संग्रौलाले एमसीसी परियोजनाले नेपालको बिकासमा महत्वपुर्ण भुमिका खेल्ने बताएकी छन् ।

शनिवार सल्यानको दार्मा गाउँपालिकाको फारुलाचौरमा भएको नेपाली काँग्रेसको कार्यक्रममा बोल्दै उनिले एमसीसी अमेरीका देशको एउटा परियोजना भएको र उक्त परियोजनाले नेपालको हितमा केही गर्छु भन्दा पनि नमान्ने नेपालका केहि राजनितिक दलको प्रबृत्तिले देशको हितमा कहिले पनि काम गर्न नसक्ने बताईन, कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी संग्रौलाले नेपाल जस्तो गरिब देशको बिकास र समृद्धिको लागि एमसीसी परियोजना आवश्यक भएकाले यसलाई संसदबाट पारित गर्नुपर्ने भन्दै गठबन्धनको सरकारमा रहने तर सत्तामै बसेर सडकमा प्रदर्शन गर्ने कम्युनिस्टहरुले दोहोरो चरीत्र देखाएको बताएकी छन् । केन्द्रमा गठबन्धन कायम रहेपनि स्थानीय तहको निर्वाचनमा भने स्थानीय आवश्यकता अनुसार मात्रै सहकार्य गर्ने र देशमा भएका हरेक परिवर्तनमा अग्रसर सारथि काँग्रेस भएको बताएकी छन् ।

कार्यक्रमका बिशिष्ट अतिथि नेपाली काँग्रेस सल्यानका जिल्ला पाटी सभापति केश बहादुर बिष्टले अबको निर्वाचनमा नेपाली काँग्रेस देशमै सबै भन्दा ठुलो पाटी बन्ने बताएका छन् । उनले,नेपाली काँग्रेस सबै भन्दा इमान्दार पाटी भएको भन्दै सल्यानलाई काँग्रेसमय बनाउन आफुहरु लागी परेको बताएका छन । कार्यक्रममा नेपाली काँग्रेस नेतृ गिरिजा न्यौपानेले नेपालमा जनताको हितमा काम गर्ने पार्टी काँग्रेस मात्र रहेको बताएकी हुन । उनले नेपाली काँग्रेस सबै जातजाति भाषा धर्म लगाएत देशको समृद्धिको लागी अगाढी बढदै भएको बताइन ।नेपाली काँग्रेस दार्माको आयोजनामा ७२ औ पजातन्त्र दिवसको अबसरमा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता बिर बहादुर सेजवाल, भक्त बहादुर चन्द, सहिद पुत्र बेत प्रशाद चन्दले जनता लाई भ्रम छरेर राजनितिक गर्नुको कुनै तुक नरहेको बताएका छन् ।उनिहरुले राजनितिमा सभ्य संस्कारको बिकास गर्न अन्य पार्टीहरुलाई आग्रह गरेका छन् ।

नेपाली काँग्रेस दार्मा गाउँकार्य समितिका सभापति कृष्ण बहादुर वलीको अध्यक्षता, पाटीका दार्मा प्रवक्ता लक्ष्मण बिकको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमा अन्य बिभिन्न पाटी परित्याग गरि नेपाली काँग्रेसमा दर्जन बढीले नेपालीस् काँग्रेसमा प्रवेश गरेका थिय भने कार्यक्रमका संचालन नेपाली काँग्रेसका जिल्ला नेता राम चन्द्र केसीले गरेका थिय ।

प्रतिक्रिया दिनुहोस