बनगाड कुपिण्डे नगरपालिकामा नयाँ एम्बुलेन्स संचालन हुदै

५ फागुन २०७८
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले नयाँ एम्बुलेन्स खरिद गरेको छ ।

नगरबासीको उपचारमा सहजता थप्नको लागी थप एक नयाँ एम्वुलेन्स खरिद गरेको बनगाड कुपिण्डे नगरपालिकाले जनाएको छ ।कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको ७० प्रतिशत ११ लाख ३० हजार र बनगाड कुपिण्डे नगरपालिकाको ३० प्रतिशत ५ लाख गरि १६ लाख ३० हजार लगानीमा ( ख )वर्गको अत्यावश्यक मेडिकल सामाग्री सहित सुविधा सम्पन्न एम्बुलेन्स खरिद गरिएको नगरपालिका सूचना अधिकारी धर्मराज ढकालले जानकारी दिएका छन् ।

उक्त एम्बुलेन्स संचालनमा आए देखी नगरपालिका अन्र्तगत १२ वटै वडाका जनताहरुमा सहजता थपिने ढकालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस