शारदा नदिमा बनेको शान्तिनगर रेशमज्युला जोड्ने पक्की पुलको उदघाटन ।

सल्यानको शारदा नगरपालिका – १ शान्तिनगरमा निर्माण गरिएको पक्की पुलको उद्घाटन गरिएको छ ।

शारदा नगरपालिका १ र १२ लाई जोड्ने पुलको बुधबार उद्घाटन गर्दै शारदा नगरपालिकाका नगरप्रमुख शुरेस अधिकारीले सल्यानकै प्रमुख ब्यापारीक केन्द्र श्रीनगर र वडा नं.१२ लाई जोड्ने सडकको छोटो दुरीलाई शारदा नदिमा पक्की पुलको निर्माण भएपछि जनता माझ सहजता थपिएको बताएका छन् ।उक्त पुल निर्माण हुनु शारदा नगरपालिकाको गौरवको आयोजना सम्पन्न भएको बताए ।

पुल सञ्चालनमा आएपछि स्थानीयवासी लाई आवतजावतका साथै दैनिक उपभोग्य वस्तु ढुवानीमा सहज हुने वडा न १२ का वडाध्यक्ष दीपक हमालले बताएका छन् ।

उक्त पुल जुद्ध एन्ड पूर्ण निर्माण सेवा दाङले २०७५ माघ २० सम्झौता गरी २०७८ पुसमा निर्माण सम्पन्न गरेको हो ।

प्रतिक्रिया दिनुहोस