४ फागुन २०७८
बिधुतिय सुशासन प्रणाली सहितको स्मार्ट पालिकाको शुभारम्भ कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले डिजिटल प्रबिधि मैत्री नगरपालिका निर्माण गर्ने अभियानको आफुहरुले सुरुवात गरेको बताएका छन् ।
मंगलवार सल्यानको बागचौरमा भएको कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले डिजिटल सिस्टमले नगरपालिका र जनताको सम्बन्ध समधुर हुने बताएका छन् ।कार्यक्रमका अध्यक्ष समेत रहेका बुढाथोकीले उक्त शिस्टमले नगरपालिका भित्र हुने सम्पुर्ण गतिविधि लाई डिजिटल प्रबिधि मार्फत गरिने भएकाले जनतामा सहजता थपिने बताएका हुन ।उनिले बिधुतिय सुशासनको सुरुवात संगै आफ्नो नगरले सूचना र प्राविधिमा फट्को मार्ने समेत बताएका छन् ।
यस्तै कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर हमालले उक्त प्रबिधी लागू गरिनुले बागचौर नगरपालिकाको काम कार्वाहीमा सहजता थपिने बताएका छन् ।उनले नगरको काममा कागजी प्रयोग लाई कम ल्याई,जनताका सेवा सुबिधा लाई छिटो छरितो रुपमा प्रवाह गर्नको लागि आफुहरुले उक्त डिजिटल सिस्टम लागू गरेको बताएका छन् ।
डिजिटल सर्वे सहितको डिजिटल प्रोफाइल,परमपरागत रुपमा प्रयोग हुँदै आएका कागजी कामलाई प्रतिस्थापन गर्ने नयाँ प्रबिधि भएको स्मार्ट पालिकाका सह – संस्थापक राजनन्द माण्डवले जनाएका छन। उनले डिजिटल सर्वेले अनावश्यक त्रुटिहरुलाई न्यून गर्नुका साथै आवश्यक सम्पुर्ण बिवरण सजिलै प्राप्त गर्ने प्रबिधि भएको बताएका छन् ।माण्डवले नेपालमा राजनीति दलका प्रमुख नेताहरुले डिजिटल प्रबिधिको बारेमा जति भाषण गरेपनी त्यस अनुसारको परिणाम दिन नसकेको बताएका छ्न
।उनिले संघियता लागू भएको पाँच बर्ष सम्म पनि नेपालका १ सय स्थानीय तहमा उक्त प्रबिधि लागू नगरिएको बताए । स्मार्ट पालिका बागचौरको एपमा , हेल्लो मेयर,सुचना तथा समाचार,नागरिक वडा पत्र,ऎन नियमावली तथा कार्यबिधी आदि समेटिएको छ ।
त्यस्तै सूचना तथा समाचार,नगरपालिकाको कार्यालय अन्तरगत सम्पुर्ण शाखा बाट प्रदान गरिने सेवा र जिम्मेवार अधिकारीको बिवरण,न्यायीक समितिका लागि उपप्रमुख संग जोडिने अवसर,जनगुणासोका लागि सजिलै सुचना अधिकारी संग जोडिने, वडा हरुको बिवरण,योजना तथा बार्षिक कार्यक्रम,आकास्मिक सम्पर्क नम्बर,लगाएतका बिषय बस्तु समावेश गरिएको छ । बागचौर नगरपालिकाका सुचना अधिकारी तिर्थ राज डाँगीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा बागचौर नगरपालिकाकी उपप्रमुख कल्पना पुन,नगरका जनप्रतिनिधि,कर्मचारी,सर्वेमा खटिएका स्वयंसेवक हरुको सहभागीता रहेको थियो,डिजिटल प्रोफाइलको प्राबिधिक पक्ष बारे स्मार्ट पालिका संयोजक आवेक केसीले सहभागीहरुलाई जागकारी गराएका थिय भने कार्यक्रमको संचालन बागचौर नगरपालिका शिक्षा शाखाका कर्मचारी रविकिरण वलीले गरेका थिय ।