नेपालकै उत्कृष्ट बन्यो खलंगा शितलपाटी खानेपानी संस्था ।

देश भरका खानेपानी उपभोक्ता संस्थाहरुमध्ये बाट सन् २०१० पछाडिका दोस्रो र तेस्रो साना शहरी खानेपानी आयोजनाबाट खलंगा शितलपाटी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था देशकै उत्कृष्ट घोषणा भएको छ ।

नगर बिकास कोषको ३४ औं बार्षिकोत्सव कार्यक्रमको अवसरमा संस्थालाई उत्कृष्ठ घोषणा गरिएको हो ।

 

सोमबार आयोजित एक भब्य कार्यक्रममा प्रमुख अतिथि सहरी बिकास मन्त्री राम कुमारी झाक्रीबाट संस्थाका अध्यक्ष केशव बहादुर बुढाथोकी ले उत्कृष्ट घोषणा गरिएको कदर पत्र ग्रहणगरेका थिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष मौसम दास श्रेष्ठ सचिव सुधन श्रेष्ठ समेतको उपस्थिती रहेको थियो ।

बर्षेनी खानेपानीको विकराल समस्या भोग्दै आएको खलंगा र शितलपाटीका उपभोक्तालाई तेस्रो साना शहरी खानेपानी आयोजना संचालनमा ल्याई खलंगा सितलपाटिमा खानेपानीको सहज आपुर्ती लगाएत सहि ब्यवस्थान गरे बापत खलंगा शितलपाटी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था उत्कृष्ट घोसणा गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस