छत्रेश्वरी २ को चौथो वडा अध्यक्ष खेलकुद प्रतियोगिताको उद्घाटन

०१ फागुन २०७८/ बिमला बस्नेत

छत्रेश्वरी गाउँपालिका वडा नं.२ ले चौथो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता संचालनमा ल्याएको छ ।
आइतबार कार्यक्रमको उद्घाटन गर्दै छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष सीता खत्रीले जनताको मतको कदर गर्दै गाउँपालिकाको बिकास निर्माणमा आफुहरु लागि रहेको बताएकी छन् ।कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी खत्रीले खेल जगत राष्ट्रको सम्पत्ति भएकाले त्यसलाई बिकास गर्नु आफुहरुको कर्तव्य भएको बताएकी छिन । उनले आफुहरु फरकफरक पार्टी बाट निर्वाचित जन प्रतिनिधि भएपनी समग्र गाउँपालिकाको समृद्धिका लागि आफुहरु एक भएर लागि परेको बताइन् । कार्यक्रमका बिशिस्ट अतिथि नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य चित्रवहादुर केसी ( भाष्कर ) ले खेल क्षेत्रलाई बिकास गर्नको लागि राज्यले लगानी गर्नु पर्ने बताएका छन् । खेल क्षेत्र राष्ट्रको सम्पत्ति र खेलाडी राष्ट्रका गहना भएकाले त्यस तर्फ तिनै तहका सरकारले ध्यान दिनु पर्ने बताएका छन् । केसीले वडा अध्यक्ष कप प्रतियोगिताले खेलाडीको पहिचानका साथ खेल क्षेत्रको बिकासमा टेवा पुर्याउने भएकाले अझै यस्ता खाले कार्यक्रमको आवश्यकता भएको बताए ।उनले २७ औ जनयुद्ध दिवसको अवसरमा कार्यक्रमको उद्घाटन गर्ने अवसर मिलेकोमा आयोजकलाई धन्यवाद समेत दिएका थिय ।
वडा अध्यक्ष प्रेमबहादुर खडकाको अध्यक्षता र वडा नं.२ का वडा सदस्य लालबहादुर वलीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा छत्रेश्वरी गाउँपालिका ना.प्रा.स गणेश भण्डारी,पञ्जिकरण फिल्ड सायक नवीन चन्द,सुमन केसी,वाइसीएलकी केन्द्रिय सदस्य प्रतिभा वली लगाएत स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कला साँस्कृति खेलकुद राष्ट्रको सान,कृषि शिक्षा पर्यटन प्रचार प्रसार हाम्रो अभियान भन्ने मुलनारा सहित फागुन ३ गते सम्म सन्चालन हुने वडा अध्यक्ष कप प्रतियोगितामा वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता,रस्साकसी प्रतियोगिता,हाजिरीजवाफ प्रतियोगिता,कृषि तथा पशुमेला पर्दशनी आदि हुने छत्रेश्वरी २ का वडा अध्यक्ष प्रेमबहादुर खड्काले बताएका छन् । भगवती आधारभुत बिधालय दहचौरमा संचालित कार्यक्रमको संचालन प्रेम पहाडीले गरेका थिय ।
प्रतिक्रिया दिनुहोस