एमसीसी नेपाली जनताको हितमा छैन माओवादी केन्द्रका नेता बस्नेतको भनाई

२८ माघ २०७८/ हरिभक्त भण्डारी

नेकपा माओवादि केन्द्रका नेता टेक बहादुर बस्नेतले एमसीसीले नेपाली जनताको हितमा काम नगर्ने बताएका छन् ।

दियो अनलाईन संग कुरा गर्दै नेता बस्नेतले एमसीसी सम्झौताले नेपालको राष्ट्रियता र स्वाधीनता माथि गम्भीर आँच पु¥याउने बताएका हुन ।
पूर्व सामान्य प्रशासन मन्त्री समेत रहेका बस्नेतले एमसिसी जनताबाट अस्वीकृत भएकाले संसदबाट अनुमोदन गर्न नमिल्ने र आफुहरुले नेपाली जनता र मुलुकको हित बिपरितको सम्झौता कुनै पनि हालतमा गर्न नसक्ने बताएका छन् ।
नेपाली जनताको नैसर्गीक अधिकारलाई अमेरिकाले जबर्जस्ती गर्न नपाउने भन्दै एमसीसी पास गर्ने हदसम्म गठबन्धन पुगेमा आफुहरु सरकारबाट बाहिरिन सक्ने नेता बस्नेतले बताएका हुन ।

राष्ट्रिय स्वाधीनता विरुद्ध जाने गठबन्धन प्यारो हुनै नसक्ने भन्दै गठबन्धन बचाउनका लागी आफुहरुले एमसीसी पारित गर्न नसक्न उनको भनाई छ ।सभामुख अग्निप्रसाद सापकोटाले जनताको हितका लागि सबैसँग छलफल गरिरहनुभएको र एमसीसी संसद्को कार्यसूचीमा नलानेबित्तिकै त्यो अपराध नहुने नेता बस्नेतले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस