सामी परियोजनाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

२७ माघ २०७८
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा सुरक्षित आप्रवासन (सामी) परियोजनाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
बिहीबार सल्लीवजारमा सामुदायिक अगुवाहरु संग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै डेभलपमेन्ट सोसाइटी सल्यानका अध्यक्ष दिपेन्द्र प्रकाश डिसीले वैदेशिक रोजगारीका क्षेत्रमा पुगेका व्यक्ति, घर परिवारलाई मनोपरामर्श र विद्यमान यो परिस्थितिलाई न्यूनीकरणका लागि सामी परियोजनाले महत्त्वपूर्ण भुमिका खेलेको बताएका छन् । उनले वैदेशिक रोजगारीबाट सृजित समस्या ॠण, ठगी, जेल शोषण, अलपत्र, अङ्गभङ्ग, पारिवारिक बेमेल, छोड पत्र, विखण्डन, सामाजिक लाञ्छना, मानसिक तनाव, बालबच्चा र वृद्धहरूको हेरचाहमा समस्या जस्ता कुरामा पनि परियोजनाले काम गर्दै आएको बताए । आप्रवासन असर तथा प्रभाव साथै आप्रवासी कामदारहरूलाई सामाजिक बहिष्करण प्रभाव न्यूनीकरणका क्षेत्रमा उक्त संस्थाले बनगाड कुपिण्डे नगरपालिका लगायत सल्यानका बागचौर नगरपालिका, शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिकामा कार्यक्रम संचालन गरिरहेको छ ।
अन्तरक्रिया कार्यक्रममा सामी परियोजनाका संयोजक बिमल गौतम र कार्यक्रम अधिकृत बिष्णु अर्यालले सहभागीहरु लाई सामी परियोजनाको बारे प्रष्ट पारेका थिय ।
प्रतिक्रिया दिनुहोस