सल्यानमा नेकपाले गर्यो एक घण्टा चक्काजाम ।

माघ २३, सल्यान । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिका विरुद्ध एक घण्टा चक्काजाम गरेको छ ।

आइतबार श्रीनगरमा बिहान १० बजेबाट ११ बजेसम्म एक घण्टा सवारीसाधन रोकेर नेकपाले चक्काजाम गरेको हो ।

चक्काजाम हुँदा राप्ती राजमार्गमा हिड्ने सवारीसाधनहरु एक घण्टा रोकिएका थिए ।

चक्काजाम गर्न सडकमा उत्रिएका नेकपा निकट अखिल क्रान्तिकारी सल्यानका अध्यक्ष राजेन्द्र खड्का र युवा संगठन सल्यानका अध्यक्ष प्रकाश गिरीले केन्द्रको कार्यक्रम अनुसार सल्यानमा पनि सडक चक्काजाम गरिएको बताए ।

उनले एक घण्टा सवारीसाधन रोकेर कार्यक्रम सफल बनाएको भन्दै यातायात व्यवसायी र सुरक्षाकर्मीलाई धन्यवाद दिएका थिए ।
आज सल्यानमा श्रीनगर सँग बागचौर र सल्लीमा पनि चक्काजाम गरिएको नेकपा सल्यानका इन्चार्ज सविन पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस