काठमाण्डौ महानगरपालिकामा कोरोना विरुद्धको फाइजर खोप लगाइदै

२३ माघ २०७८
काठमाडौँ महानगरपालिकाले कोरोनाविरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
जिल्ला खोप समन्वय समिति काठमाडौँको यही माघ २० को निर्णयअनुसार माघ २४ देखि आगामी फागुन ५ गतेसम्म फाइजरको दोस्रो मात्रा खोप लगाउने सूचना सार्वजनिक गरेको हो । काठमाण्डौ महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले जारी गर्नुभएको सूचनाअनुसार तोकिएको मितिमा शनिबारबाहेक अन्य सबै दिन बिहान १० बजे देखि ४ः०० बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ ।
यसरी खोप लगाउनका लागि महानगरपालिकाको ३२ वटै वडाको खोप समन्वय समितिको निर्णयअनुसार विद्यालयमा खोप केन्द्र तोकी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
सूचनाअनुसार खोप लगाउन लक्षित समूहमा १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस