नारायण माध्यमिक विध्यालयको ८ कोठे भवनको उद्घाटन

२२ माघ २०७८ /हरिभक्त भण्डारी

श्री नारायण माध्यमिक विध्यालयको नव निर्मित ८ कोठे भवनको उद्घाटन गरिएको छ ।

शनिवार सल्यानको कुमाख गाउँपालिका २ रुमालगाउँमा रहेको नारायण माध्यमिक विध्यालयको नव निर्मित ८ कोठे भवनको उद्घाटन गर्दै नेकपा एकीकृत समाजवादीका उप–महासचिव प्रकाश ज्वालाले शिक्षा क्षेत्रको आमुल परिवर्तन विना देशको समृद्र्धि हुन नसक्ने बताएका छन् ।शिक्षा क्षेत्रको विकास गर्न सकेमात्र देशको प्रगति हुन सक्ने उनिले बताएका हुन । कर्णाली प्रदेश सरकारका पूर्व अर्थ मन्त्री समेत रहेका ज्वालाले आफुनिर्वाचित भए यता सल्यानको शैक्षिक क्षेत्रको बिकास गर्नको लागी भौतिक पुर्वाधारमा धेरै बजेट बिनियोजन गरेको बताए ।

यस्तै कार्यक्रममा बोल्दै कुमाख गाउँपालिकाकी अध्यक्ष दिलमाया वुढामगर गिरिले विद्यालय लगायत विभिन्न ठाउँमा गाउँपालिका भित्र ६४ वटा भवन निर्माण गरिएको बताएकी छिन् । उनिले पालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी लगाएत अन्य पुर्वाधारमा काम गर्दै आएको बताईन ।कुमाख गाउँपालिका द्धारा २७ लाख १४ हजार ८ सय ४७ र प्रदेश आर्थिक मामिला मन्त्रालयबाट सोही बराबरको रकम विनियोजन गरि करिव ५४ लाख २९ हजारमा उक्त भवन निर्माण भएको र भवन निर्माण पछि बिधार्थीको पठनपाठनमा निकै सहज हुने बिधालयका प्रधानाध्यापक देवेन्द्र रावतले बताएका छन् ।

उक्त भवनको निर्माण कार्य न्यू विके विल्डर्स एण्ड सप्लायर्स निर्माण कम्पनीले आर्थिक वर्ष २०७७ चैत मसान्तभित्र सम्पन्न गरिसकेको थियोे ।

प्रतिक्रिया दिनुहोस