सल्यानमा नेपाल टेलिकमले एफटिटीएच ( फाइबर टु द होम) सेवा बिस्तार गर्दै

२० माघ २०७८ /सन्तोष भण्डारी

सल्यानमा नेपाल टेलिकमले इन्टरनेट  एफटिटीएच अर्थात् फाइबर टु द होम सेवा शुरु गरेको छ ।

उच्च गति रहेको इन्टरनेट एफटिटिएच अर्थात फाइवर टु द होम सेवाको पहिलो पटक सदरमुकाम खलंगा बाट नेपाल टेलिकमले सुरु गरेको हो
।फाइबर टु द होम अर्थात् एफटिटीएच सेवाअन्तर्गत एउटै केवलबाट उच्च गुणस्तरको टेलिफोन, द्रुतगतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने र टिभीसमेत चलाउन मिल्ने भएपछि ग्रहाकको संख्या पनि बढदै जाने नेपाल टेलिकम सल्यानले जनाएको छ ।

नेपाल टेलिकमको एफटिटीएच इनटरनेट सेवाको क्षमता अरु भन्दा छिटो र छरितो रहेको नेपाल टेलिकम सल्यानका प्रमुख युद्ध बहादुर केसीले बताएका छन् । उनले उक्त सेवा अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेजसमेत उपलब्ध गराइरहेको बताए ।केसीले हाल जिल्लामा एक हजार २४ लाइन एफटिटीएच वितरण क्षमता रहेको उहाँको समेत जानकारी दिएका छन् ।

पहिलो चरणमा जिल्लाको सदरमुकाम खलंगाको पुरानो बसपार्क, डाँडागाउँ, ठण्डीसडक, साहुटोल, जिप्रका रोड लगाएतका स्थानमा उक्त सेवा जडान गर्ने कार्य शुरु गरिएको र लगतै जिल्लाका प्रमुख वजार तथा घना बस्ती क्षेत्रमा समेत उक्त सेवा थप विस्तार गर्ने योजनामा आफुहरु रहेको नेपाल टेलिकम सल्यानका लाइन म्यान लोकमान वलीले बताएका छन् । उनले जिल्लामा यसअघि एडिएसएल र फोरजी सेवा विस्तार गरिँदै आएको भए पनि अबदेखि एफटिटीएच सेवा सञ्चालन हुने बताएका छन् ।

यो सेवा कर्णाली प्रदेशको सुर्खेत, दैलेख सँगै हाल सल्यानमा पनि बिस्तार गरिएको छ ।उक्त इनटरनेट सेवाको पहिलो ग्रहाक सल्यानमा अधिवक्ता डम्बर वली बनेका हुन ।

प्रतिक्रिया दिनुहोस