बिश्व सिमसार दिवसको अवसरमा कुपिण्डे ताल सरसफाई

१९ माघ २०७८/ रमिला मैनाली

बिश्व सिमसार दिवसको अवसरमा सल्यानमा एक सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ ।

बुधवार सल्यानको कुपिण्डे तालमा भएको कार्यक्रममा बोल्दै डिभिजन बन कार्यालय सल्यानका प्रमुख रमेश गीरीले सिमसारको दिगो संरक्षण तथा व्यवस्थापन गर्नु पर्ने बताएका छन् । सिमसार क्षेत्रको संरक्षणले कृषि, सिँचाई, वातावरण, ग्रामीण पर्यटन, जैविक विविधता, जनावरको संरक्षण, स्थानीयवासीको लागि आयआर्जनको माध्यम बढ्ने समेत बताएका हुन डिभिजन प्रमुख समेत रहेका गीरीले सहरीकरण, अव्यवस्थित विकास निमार्ण लगायतका कारणले सिमसार क्षेत्र व्यवस्थापनमा चुनौती देखिएको भन्दै, जिल्लाका सिमसारको रूपमा रहेका कुपिण्डे ताल, कछुवा दह, शारदा नदी, बनगाड खोला, मर्म खोला लाई नासिना नदिन अव्यवस्थित तरिकाले बालुवा गिट्टी निकाल्ने, ढुङ्गा निकाल्ने कार्य बन्द गर्नु पर्ने बताए ।
दलदल पानी, पोखरी र खोला, संरक्षित गरे सर्वहित होला भन्ने मुलनाराका साथ सुरु भएको कार्यक्रममा बोल्दै बनगाड कुपिण्डे नगरपालिका वडा नं.९ का वडा अध्यक्ष कुलराज पुरीले जनसङ्ख्या वृद्धिसँगै अव्यवस्थित बसोबास, विकास निमार्ण लगायतका कारणले सल्यानका सिमसार क्षेत्र मासिँदै गएको बताए । उनले जिल्लाको सिमसार क्षेत्रलाई संरक्षण गर्न तिर सबै सरोकारवाला निकायहरु लाग्नु पर्ने बताएका छन् ।

डिभिजन वन कार्यालय सल्यानको आयोजनामा भएको कार्यक्रमा,  नेपालका एक सय पर्यटकीय गन्तब्य मध्य सल्यानमा रहेको कुपिण्डे ताल वरी परिको क्षेत्र सरसफाई समेत गरिएको हो । इबिए जिल्ला कार्यक्रम संयोजक ​दिगम्बर सिंह दाहालले कार्यक्रमबारे सहभागीलाइ जानकारी गराएका थिय भने,सहायक वन अधिकृत चन्द्रबिर गुरुङले कार्यक्रमको संचालन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस