सल्यानको श्रीनगरमा तपाईको मास्क खोइ अभियान संचालन

१८ माघ २०७८/ बिमला बस्नेत

सल्यानको प्रमुख ब्यापारिक केन्द्र श्रीनगरमा तपाईको मास्क खोई अभियान संचालन गरिएको छ ।

कोभिड १९ महामारीको तेश्रो लहर बढेसँगै मंगलवार सल्यानका सरोकारवाला निकायले श्रीनगरमा तपाईको मास्क खोई अभियान संचालन गरेका हुन ।

आइतवार सल्यान खंलगा बाट सुरु गरिएको उक्त अभियानले श्रीनगरका आम नागरिकहरुलाई मास्क लगाउन आग्रह गर्दै ‘तपाईको मास्क खोई अभियान सञ्चालन गरिएको हो । तेस्रो चरणको कोरोना महामारी नियन्त्रणका लागि उक्त अभियान सुरु गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।अभियानको क्रममा मास्क नलाएकाहरुलाई मास्क लगाउन, खोप नलगाएकाहरुलाई अनिवार्य खोप लगाउन र गाडीका यात्रुहरुलाई मास्क लगाउन आग्रह गरिएको थियो । जसअनुसार श्रीनगर वजारमा सचेतनामुलक ¥याली समेत निकालिएको हो ।
जिल्ला प्रशासन कार्यालय सल्यान , स्वास्थ्य सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय, दलित विकास समाजद्धारा सञ्चालित सुआहारा कार्यक्रम, सल्यान उद्योग बाणिज्य संघ, श्रीनगर वजार व्यवस्थापन समिति र सल्यान जेसिस लगाएतको संयोजनमा अभियान सञ्चालन गरिएको हो ।

अभियानमा सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्का, स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त व्यवस्थापक दशरथ श्रेष्ठ, दलित बिकास समाज सल्यान सुआहारा कार्यक्रमका फिल्ड संयोजक तोरण बहादुर बुढाथोकी, सल्यान उद्योग बाणिज्य संघका प्रतिनिधिहरु, वजार व्यबस्थापनका प्रनिधिहरु, सल्यान जेसिसका अध्यक्ष नरेन्द्र बुढा लगाएत जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो ।
उक्त अभियानकै क्रममा मास्क नलगाई हिडेका दर्जनौँ नागरिक तथा गाडीका यात्रुहरुलाई मास्क समेत वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस