माघ १८, सल्यान ।
विभिन्न मागहरु राख्दै जनपत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघलाई ज्ञापनपत्र बुझाएको छ ।
सो संगठनको कर्णाली प्रदेश समितिको निर्णयअनुसार जनपत्रकार संगठन जिल्ला समिति सल्यानले सोमबार नेपाल पत्रकार महासंघ सल्यानलाई ७ बुँदे ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा पत्रकारिता पेशा छोडेर पुर्ण रुपमा राजनीति वा अन्य पेशामा लागेकाहरुलाई सम्मान स्वरुप बिदाई गरि मानार्थ सदस्य दिन जनपत्रकारले माग राखेको छ ।
त्यस्तै पत्रकारहरुको क्षमता बृद्धि विकास गर्न तालिम तथा प्रशिक्षणको व्यवस्था गर्न पनि सो संगठनले माग राखेको छ । जिल्लाका विभिन्न सरकारी कार्यालयहरुबाट प्राप्त हुने विज्ञापनहरु समानुपातिक प्राणालीबाट सबै मिडियाहरुले पाउने वातावरणको लागि पनि जनपत्रकारले महासंघलाई आग्रह गरेको छ ।
ज्ञापनपत्र जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेशका उपाध्यक्ष योगराज बिश्वकर्मा, सचिव खेकन्द्र केसी र जिल्ला अध्यक्ष बिरेन्द्र डिसीले बुझाएका हुन् ।
ज्ञापनपत्र बुझ्दै पत्रकार महासंघ सल्यानका अध्यक्ष नविन पौडेलले मागहरु समयासन्र्दवी र प्रभावकारी भएको बताए । उनले उक्त मागहरुलाई कार्यनवयनमा लिने बताएका छन ।