१६ माघ २०७८ /सन्तोष भण्डारी
तेस्रो चरणको कोरोना महामारी नियन्त्रणका लागि सल्यानमा तपाईको मास्क खोई अभियान संचालन गरिएको छ ।
जिल्लाका बिभिन्न सरोकारवाला निकायहरुको सहकार्यमा आइतवार सदरमुकाम खलंगामा ‘तपाईको मास्क खोई अभियान सञ्चालन गरिएको हो ।जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय, दलित विकास समाजद्धारा सञ्चालित सुआहारा कार्यक्रम लगाएतको संयोजनमा अभियान सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।कोरोना भाइरसको महामारीबाट जोगिन खोप लगाउन तथा यात्रा गर्दा अनिवार्य मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले शुरु गरिएको अभियानमा मास्क नलाएकाहरुलाई मास्क लगाउन, खोप नलगाएकाहरुलाई अनिवार्य खोप लगाउन र गाडीका यात्रुहरुलाई मास्क लगाउन आग्रह गरिएको छ । । जसअनुसार सचेतनामुलक ¥याली समेत निकालिएको थियो ।
अभियानमा सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्का, स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त व्यवस्थापक दशरथ श्रेष्ठ, सुआहारा कार्यक्रमका फिल्ड संयोजक तोरण बुढाथोकी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।अभियानकै अवसरमा मास्क नलगाइ हिडेका दर्जनौँ नागरिकहरुलाई मास्क वितरण गरिएको थियो ।