प्रेस सेन्टर नेपालको १८ औ स्थापना दिवस सल्यानमा विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।
शनिबार सल्यानको बागचौर र दार्मामा विभिन्न कार्यक्रमका साथ संगठनको स्थापना दिवस मनाइएको हो । बागचौरमा भएको दिगो बिकासमा पत्रकारहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य लोकमान बुढाथोकी( एलमान) र दार्मामा भएको दिप प्रज्वलन कार्यक्रममा बोल्दै पाटीका प्रदेश कमीटी सदस्य निम बहादुर केसी (अरुण)ले कम्युनिस्ट आन्दोलनको वहाकको रूपमा रहेको संगठनले जनपक्षीय पत्रकारीतामा कलम चलाउनु पर्नेमा जोड दिएका छन् ।उनिहरुले नेपालमा समाजवादी क्रान्तिको आधार तयार गर्न समाजवादी बिचारको बिकास गर्न,जनपक्षीय पत्रकारीताको सम्वर्द्वन गर्न र पेशागत हक अधिकार र श्रमजीवी पत्रकारहरुको हित रक्षा गर्ने एजेन्डामा सबल र नेतृत्वदायी संगठनको रुपमा प्रेस सेन्टर नेपाललाई बिकास गर्न आवश्यकता भएको बताएका हुन ।बागचौर नगरपालिकाका नगर प्रमुख र दार्मा गाउँपालिकाका अध्यक्ष समेत रहेका बुढाथोकी र केसीले संगठनमा आवद्ध पत्रकारहरुले, पत्रकारीताको मुल धर्मलाई प्राथामिक्तामा राखी सत्य तथ्य र वास्तविक समचारलाई जनतामाझ ल्याउन सक्नु पर्ने बताए ।
दुई स्थानीय तहमा भएका छुट्टाछुट्टै कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य रमेश मल्ल ( आशिष ) कल्पना पुन, जुना मल्ल,नेकपा समाजवादीका कर्णाली प्रदेश सदस्य ज्ञानेश्वर केसीले पत्रकारीता समाजको ऎना भएकाले वास्तविक सत्य तथ्य घटनालाई संचारमाध्यम सम्म ल्याउनु पर्नेमा जोड दिए । उनी हरुले पाटी फरक फरक भएपनी पत्रकार सबैको साझा हुन आवश्यक रहेको समेत बताएका हुन । यस्तै बागचौरमा भएको कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य दिपक शर्माले आफ्नो संगठन जनपक्षीय पत्रकारीताको क्षेत्रमा कलम चलाउदै आएको बताए । उनले तत्कालीन क्रान्तिकारी पत्रकार संघको नाममा २०६१ माघ १५ गते देखि संगठित भएको संगठनले युद्धकाल हुँदै संघियता सम्म आइपुग्दा ठुला ठुला परिवर्तनमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको बताए । यस्तै संगठनका सल्यान जिल्ला अध्यक्ष प्रकाश शर्माले देश र जनताको परिवर्तनका लागी आफुहरु कलम चलाउदै आएको बताए ।उनिले सल्यानमा पनि प्रेस सेन्टर नेपाल जुझारु र बलियो संगठन भएको भन्दै आगामी दिनमा संगठनको इतिहास लाई बचाई राख्न र जनपक्षीय पत्रकारीता आफुहरु निरन्तर लागि रहने बताए ।
बगचौर र दार्मामा भएका कार्यक्रममा नेपाली काङ्ग्रेसका बागचौर नगर सभापति दिपेश डिसी,नेकपा माओवादी केन्द्रका नगरकमीटी सदस्य,बिक्रम रावत,नेकपा माओवादी केन्द्रका दार्मा गाउँपालिका अध्यक्ष चन्द्र बहादुर रावत ( प्रकाश) उपाध्यक्ष टीका शर्मा( वली) पाटीका नेताहरु दुर्गा मल्ल,रामवहादुर केसी ( रविन) डिल्ली वहादुर केसी ( पासङ(प्रेस सेन्टर नेपाल सल्यानका उपाध्यक्ष महेश कुमार ओली,प्रेस चौतारी सल्यानका उपाध्यक्ष झक्कु प्रशाद शर्मा,पत्रकार हिरालाल केसीको सहभागीता रहेको थियो । प्रेस सेन्टर नेपाल बागचौर शाखाले स्थापना दिवसको अवसरमा,बागचौर नगरपालिका द्वारा संचालित आइसोलेशन केन्द्रलाई एक थान हिटर उपलब्ध गराएको शाखा अध्यक्ष पुष्पारिजन डिसीले बताइन ।