सल्यानमा अटो दुर्घटना, चालकको मृत्यु

१५ माघ २०७८ /रमिला मैनाली

सल्यानमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिवार त्रिवेणीको टुनिवोट अन्तर्गत राप्ती राजमार्गमा अटो दुर्घटना हुदाँ त्रिवेणी गाउँपालिका ५ मुलावारीका अटो चालक टेक बहादुर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।त्रिवेणी गाउँपालिका स्थित लुहाम बजारबाट टुनिबोट तर्फ जाँदै रा १ ह ५०५२ नम्बरको खाली अटो टुनिबोट स्थित राप्ती राजमार्गमा शनिबार मध्यह्ण साढे १२ बजे दुर्घटना हुदा अटो चालक विक घाइते भएको र उपचारको क्रममा उनको जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको, जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी अर्जुन पौडेलले बताए ।

दुर्घटना लगतै इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी नायब निरिक्षक जयराम बुढाथोकीको नेतृत्वमा प्रहरी टोली घटना स्थलमा पुुगेर घाइतेको उद्धार गरेको र अटो अनियन्त्रित भई सडक बाट करिव ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस