राप्ती राजमार्गको चोरखोला सडक खण्ड दैनिक ७ घण्टा बन्द हुने

१४ माघ २०७८

राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडकखण्ड दैनिक ७ घण्टा बन्द हुने भएको छ ।

कपुरकोट चोरखोला सडकको स्तर उन्नति गरिने भएकाले दैनिक ७ घण्टा १० दिन सम्मका लागी सडक बन्द गरिने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सल्यानले शुक्रबार एक सुचना सार्वजनिक गर्दै सडक डिभिजन दाङकाे पत्रअनुसार राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान खण्ड पर्ने चोरखोला देखि कपुरकोट सम्मको खण्ड स्तराेन्तरी साँघुरो सडकलाई फराकिलो पार्ने काम गर्नुपर्ने भएकाले आइतबार अर्थात माघ १६ गतेबाट लागू हुने गरि माघ २५ गतेसम्म १० दिन दैनिक दुई चरणमा ७ घण्टा राजमार्ग बन्द गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काद्वारा हस्ताक्षर सुचनामा उल्लेख छ।                                                                             १० दिन सम्म दैनिक बिहान ७ देखि ९ बजेसम्म र बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म १० दिन आवागमन बन्द गरिने भएकाे हाे।

प्रतिक्रिया दिनुहोस