१२ माघ २०७८ / हरिभक्त भण्डारी
राष्ट्रिय सभा निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने बताइएको छ ।
१९ पदका लागि हुन लागेको निर्वाचनको मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ ।
सात वटै प्रदेशमा आज बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको र त्यसपछि हुने मतगणनाको व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई नै जिम्मा दिइने ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् । निर्वाचनमा ‘कुनै विघ्न बाधा नआए पछि मत परिणाम आजै रातिसम्म सार्वजनिक हुने पौडेलले बताए ।
५९ सदस्यीय राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधी प्रत्येक दुई वर्षमा सकिने संवैधानिक व्यवस्था अनुसार आगामी फागुन २० मा नेपाली कांग्रेसका ३,नेकपा एमालेका ८, नेकपा माओवादी केन्द्रका ४ नेकपा एकीकृत समाजवादीका ४ गरी १९ सदस्यको पदावधि समाप्त हुने भएपछि आज निर्वाचन हुन लागेको हो ।
पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन गर्नुपर्ने कानूनी प्रावधान अनुसार आज १९ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ९ दलका ४३ जना उम्मेदवार छन् ।राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्यहरु र स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुले भाग लिन पाउँछन् ।
सातै प्रदेशमा कूल मतदाता दुुई हजार, पच्चिस कायम छन् भने,निर्वाचन आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने छ । रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् र हरियो रंगको मतपत्र भने प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन् ।