राप्ती आँखा अस्पतालमा गरियो आँखाको नानि सफल प्रत्यारोपण

११ माघ २०७८ /रमिला मैनाली

राप्ती आँखा अस्पताल रक्षाचौर दाङमा पहिलो पटक आँखाको नानि प्रत्यारोपन सेवा सुरु गरिएको छ ।

अस्पतालमा सोमबार बाँकेको राप्ती सुनारी –१ की कल्पना कुमालको आँखाको नानी पहिलो पटक प्रत्यारोपण गरिएको हो ।एक महिना अगाडी कुमालको आँखाको नानिमा मकैको गेडाले चोट लागेको र उनको आँखानै गुम्न सक्ने अवस्था भएकाले आँखाको नानि प्रत्यारोपण गरिएको राप्ती आँखा अस्पताल रक्षाचौरले जनाएको छ । कुमालको आँखाको नानीमा फुलो परेको र औषधीले राख्दा पनि ठिक नभएर फुट्न लागेको अवस्था भएपछि आँखाको डल्लो बचाउन नानी प्रत्यारोपण गर्नु परेको अस्पतालका नेत्र अधिकृत शालिक राम गौतमले बताएका छन्।

नेपाल नेत्रज्योती संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल तुलसीपुर –४ रक्षाचौरमा पहिलो पटक भएको आँखाको नानी प्रत्यारोपण लाई नेपाल आँखा बैंकले नानि उपलव्ध गराएको थियो । राप्ती आँखा अस्पतालकी कर्निया स्पेसीयालिष्ट (नानी रोग) बिशेषज्ञ डा ज्योती साप्कोटाले पहिलो पटक कुमालको आँखाको नानी सफल प्रत्यारोपण गरेकी हुन । डाक्टर सापकोटाले राप्तीमा पहिलो पटक आँखाको नानि सफल प्रत्यारोपण भएको भन्दै अव नानी फेर्नका लागि काठमाण्डौमै जानुपर्ने वाध्यता हटेको बताएकी छिन ।उनले आँखाको नानीमा हुने इनफेक्सन ९फुुलो पर्ने० को औषधि तथा शल्यक्रिया मार्फत उपचार ,आँखाको नानीको प्रत्यारोपन , दृष्टि बढाउनको लागि गरिने नानीको प्रत्यारोपन, नानीको ठिक नभएको घाउ- फुलो हटाउने अप्रेशन, आँखाको नानीको आकार र बनावट जोगाउनको लागि गरिने शल्यक्रिया ,आँखाको नानीको सेतो दाग हटाउने शल्यक्रिया र आँखाको नानीमा फरक आकारका चोट, घाउ या ट्युमर हटाउने शल्यक्रिया रक्षाचौरमै हुने समेत बताएकी छिन् ।

राप्ती आँखा अस्पताल रक्षाचौर दाङमा रेटिना आँखाको पर्दा  कोर्निया आँखाको नानी, र अकुलोप्लाष्टिक  आँखाको क्यान्सर  सम्वन्धी उपचार तथा शल्यक्रिया सेवाहरु सञ्चालन समेत भएको छ ।
त्यस्तै अस्पतालले विशिष्टकृत डाक्टरद्धार  आँखाको पर्दा  सम्वन्धी सेवाहरु आँखाको पर्दाको अत्याधुनिक मेसिन तथा दुरबीनद्धारा चेक जाँच , आँखाको पर्दाको  मधुमेह  र शरीरका कुनै पनि रोगहरुले गर्दा आँखाको पर्दामा गरेका असरहरुको पुरा जाँच र आधुनिक स्तरको शल्यक्रिया सहितका उपचारहरु गरिने बताएको छ । आँखाको पर्दाको विभिन्न प्रकारका लेजर प्रविधिद्धारा उपचारहरु, विभिन्न रोगहरुबाट आँखाको पर्दामा भएका आँखाका समस्याहरुमा सुई मार्फत आँखा भित्रै औषधि दिने सेवा सुरू गरेको आँखाको पर्दा सम्वन्धि विशेषज्ञ डा सन्तोष सुवेदीले जानकारी दिए ।
त्यस्तै अस्पतालमा  अकुलोप्लाष्टिक  तथा   आँखाको क्यान्सर सम्वन्धि सेवाहरु आँसु नलि सम्वन्धीत समस्याहरुको उपचार तथा शल्यक्रिया आसुको नली समम्वन्धी उपचार तथा शल्यक्रिया आसुको थैली निकाल्ने शल्यक्रिया ,काटीएको आसु नलीको शल्यक्रिया, आसु थैलीमा देखिएको डल्लोको शल्यक्रिया बन्द आसु नलीको प्याल खुला गर्ने शल्यक्रिया, आँखाको ढकनीमा देखिने समस्याको उपचार तथा शल्यक्रियाहरु, आँखाको सौन्र्दर्यताका लागि गरिने उपचार तथा शल्यक्रिया बुढेस कालमा देखिने अनुहारको चौरीपनाको उपचार , आँखाको ढकनीको सौन्र्दयताका लागि गरिने शल्यक्रिया कृतिम आँखा राख्ने तथा आँखा वा आँखा वरपर देखिएको क्यान्सरको उपचार तथा शल्यक्रिया सेवा दिदै आएको अस्पतालका अकुलोप्लाष्टिक विशेषज्ञ डाक्टर शुरेस रसाइलीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस