कपुरकोट र बालुका संग्रहीमा हेल्प डेस्क संचालनमा ल्याइने

१० माघ २०७८ / बिमला बस्नेत 

सल्यानको कपुरकोट र बनगाड कुपिण्डेको बालुवा संग्रहीमा स्वास्थ्य कार्यालय सल्यानले हेल्थ डेस्क संचालनमा ल्याउने भएको छ ।

सोमवार जिल्ला प्रशासन कार्यालय सल्यानमा बसेको जिल्ला कोभिड-१९ ब्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी बिपिन आर्चायको अध्यक्षतामा बसेको बैठकले कोभिडका बिरामीको पहिचान गरि कोभिड लाई फैलन नदिनको लागी, जिल्ला प्रदेश बिन्दु कपुरकोट गाउँपालिकाको कपुरकोट र बनगाड कुुपिण्डे नगरपालिकाको बालुवा संग्रहीमा हेल्प डेस्क निर्माण गर्ने निर्णय भएको बताइएको छ । उक्त हेल्प डेस्क बाट जिल्ला र प्रदेश गर्ने मानिसलाई कोभिड १९ संक्रमित भए नभएको एकिन गर्ने र कोभिड संक्रमण भएको पाइएमा नेपाल सरकारले घोषणा गरे अनुसार आइसोलेशनमा राख्ने ब्यवस्था गरिने बताइएको छ ।

बैठकले कोभिड १९ को संक्रमण फैलिन नदिन अपनाउनु पर्ने सावधानि सम्बन्धि सामाग्री तयार पारेरे प्रचार प्रसार गर्न जिल्लाका सरोकारवाला निकायलाई अनुरोध गरेको छ र खोपको कभरेज बढाउन स्वास्थ्य सेवा कार्यालयले स्थानिय तह नागरिक समाज, सरकारी तथा गैर सरकारी संघसंस्थाहरु संग समन्वय गरि काम गर्न बताएको छ ।

सल्यानमा पछिल्लो समयमा कोभिड १९ को कारण जिल्लाका २ सरकारी कार्यालय र २ स्थानिय तह बन्द भएका छन । कार्यालयमा कार्यरत कर्मचारी लाई कोभिड संक्रमण भएपछि शारदा नगरपालिका, कालिमाटी गाउँपालिका, सल्यान जिल्ला अदालत र मालपोत कार्यालय केहिदिनका लागी बन्द भएका हुन ।

प्रतिक्रिया दिनुहोस