०९ माघ २०७८ /हरिभक्त भण्डारी
सल्यानको छत्रेश्वरी गाउपालिका वडानं. ७ ले बिधालयलाई ल्याप्टप बितरण गरेको छ ।
आइतवार वडा भित्रका बिधालयलाई ल्याप्टप बितरण गर्दै छत्रेश्वरी गाउपालिका वडानं. ७ का वडा अध्यक्ष मेघराज भण्डारीले बिधालयका कामकाजलाई थप ब्यवस्थित गराउन र कोरोना महामारीले सबै बिधालयहरु बन्द भएको अवस्थामा अनलाइन कक्षा संचालन गर्नको लागी ल्याप्टप बितरण गरिएको बताएका छन् । बिधालयमा बैकल्पिक पढाईको लागी पनि ल्याप्टपको आवश्यक्ता देखीएकाले वडा भित्रका सम्पुर्ण बिधालय हरु लाई ल्याप्टप बितरण गरिएको बताए । उनले प्रबिधि मैत्री युगमा पनि पुरानै तवरले बिधालयका आन्तरिक तथा बाह्य कामकाज गर्नु पर्ने बाध्यता रहेकाले उक्त बाध्यता लाई सहज गराउनको लागी ल्याप्टपको पनि महत्वपूर्ण भुमिका रहने बताए ।
छत्रेश्वरी गाउँपालिका वडानं.७ को आर्थिक सहयोगमा श्री नव श्री नब दुर्गा आधारभुत बिधालय जिताथान,मदर्सा इस्लामिकआधारभुत बिधालय जिताथान, लगाएतका बिधालयलाई ल्याप्टप बितरण गरिुएको हो । यस्तै जनबिकास आधारभुत बिधालय पानीखोला, शारदा आधारभुत बिधालय बाहुनगाउ, शिद्ध आधारभुत बिधालय सिम्पानीतुसारे लाई पनि ल्याप्टप बितरण गरिएको हो ।
ल्याप्पट पाएपछि आफुहरु खुसी भएको नव दुर्गा आधारभुत बिधालयका प्र.अ कमल बहादुर बस्नेतले बताएका छन् । उनले स्थानिय सरकारको उक्त काम सरहनिय रहेको बताए ।
कार्यक्रममा वडानं. ७ का वडा सदस्य लोक बहादुर बुढाथोकी र वडा सचिव कमल यरीको पनि सहभागी थिय ।