बिमला बस्नेत ७ माघ २०७८
सल्यानको कालिमाटी गाउँपालिका पाँच दिन सम्मका लागी बन्द भएको छ ।
गाउँपालिकामा कार्यरत केहि कर्मचारीहरुमा कोभिड १९ पोजेटिभ देखिए पछि पाँच दिन सम्मका लागी गाउँपालिका बन्द भएको कालिमाटी गाउँपालिकाले जनाएको छ ।
शुक्रवार गाउँपालिकाले एक सूचना प्रकाशन गर्दै माघ ९ गते देखि पाँच दिन सम्मका लागि गाउँपालिका मातहतका निकायहरु,गाउँपालिका क्षेत्र भित्रका विभिन्न सरकारी निकाय,बैंक तथा बृतिय संघसस्था तथा सहकारी संस्थाहरुमा प्रदान हुने अत्यावश्यक सेवा बाहेक अन्य कामकाजहरु बन्द गरिएको बताएको छ ।
उक्त बन्दले जनता तथा सेवाग्राहीमा पर्ने असुबिधा प्रती गाउँपालिकाले क्षमाप्राथी रहेको सूचनामा उल्लेख गरेको छ ।