सल्यान अदालतमा माघ ७ गते सम्म अतिआवश्यक मुद्धा बाहेक अन्य सेवा बन्द

६ माघ २०७८

जिल्ला अदालत सल्यानले अतिआवश्यक मुद्धा वाहेक अरु सबै सेवा वन्द गरेको छ ।

न्यायधिस सहित तिन जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि जिल्ला अदालत सल्यानले अतिआवश्यक मुद्धा बाहेक अन्य सबै सेवा बन्द गरेको हो ।
बुधवार स्वास्थ्य परिक्षण गराउदा न्यायधिस लगाएत अन्य केहि कर्मचारीमा कोरोना पुष्टि भएपछि माघ ७ गते सम्मका लागी सेवा बन्द गरिएको जिल्ला अदालत सल्यानले जनाएको छ ।

कार्यालयले बुधवारनै एक सुचना जारी गर्दै सेवाग्रही लगाएत अन्य कर्मचारी लाई कोरोना सर्ने जोखिम बढेपछि अतिआवश्यक मुद्धा बाहेक अन्य सबै सेवा बन्द गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस