राष्ट्रिय सभा सदस्य निर्वाचनको लागी रातो र हरियो मतपत्र छापियो

०३ माघ २०७८/ हरिभक्त भण्डारी 

राष्ट्रिय सभा सदस्य निर्वाचनको लागी रातो र हरियो मतपत्र छापिएको छ ।

यहि माघ १२ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनको लागी दई रङका मतपत्र छापिएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश १ मा तीन, प्रदेश २ मा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिममा तीन गरी १९ रिक्त सदस्य पदका लागि हुन लागेको निर्वाचनको लागी करिब २ हजार ५ सय थान मतपत्र छापिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् । पौडेलले छापिएका मतपत्र माघ ४ गते देखी निर्वाचन अधिकृतको कार्यालयमा पठाउने र माघ ७ गतेभित्र सबै निर्वाचन अधिकृतको कार्यालयमा पठाइसक्ने बताएका हुन ।

 

राष्ट्रिय सभा निर्वाचनका लागी सातै प्रदेशमा कूल २ हजार २५ मतदाता रहेको र उक्त निर्वाचनमा हरियो र रातो रंगको मत पत्र प्रयोग हुने बताइएको छ ।रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्ने छन भने हरियो रंगको मतपत्र प्रदेश सभा सदस्यले प्रयोग गर्ने निर्वाचन आयोग नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस