२४ औ भुकम्प सुरक्षा दिवस

२ माघ २०७८ / रमिला मैनाली

२४ औ भुकम्प सुरक्षा दिवस सल्यानमा  अन्तरक्रिया कार्यक्रमका साथ मनाइएको छ ।

भूकम्पीय सचेताना, सुरक्षित संरचना भन्ने मुल नारा सहित जिल्ला प्रसाशन कार्यालय सल्यानमा भएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले भुकम्प आउदा, भुकम्पले भन्दा, कम्जोर खाले भौतिक संरचना निर्माण गर्नुले मान्छेमा बढी क्षति हुने बताएका छन् ।उनले भुकम्प बाट सुरक्षित रहनको लागी भुकम्प प्रतिरोधि घर, भवन निर्माण गर्नु पर्ने बताए । प्रमुख जिल्ला अधिकारी आचार्यले देशमा भुकम्पले दिएको पिडा ताजै रहेकाले आगामी दिनमा पनि त्यस बाट हुने क्षतिलाई कमि गर्न र मानविय क्षति हुन नदिन सबै आ- आफ्नो ठाउँबाट सतर्कता रहन जरुरी रहेको बताए ।

जिल्ला प्रसाशन कार्यालय सल्यानको आयोजनामा भएको कार्यक्रममा जिल्लाका सरकारी, ग्रैह सरकारी कार्यालयका प्रमुख प्रतिनिधि, सुरक्षा निकाय, पत्रकार लगाएतको उपस्थिति रहेको थियो भने उनिहरुले भुकम्प बाट सुरक्षित रहनको लागी सरकारले पनि सचेतनामुलक कार्यक्रम संचालन गर्नुका साथै भुकम्प प्रतिरोधि भौतिक संरचना निर्माण गर्न जनतामुखी कार्यक्रम ल्याउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस