१ माघ २०७८ शनिवार/ बिमला बस्नेत
नेपाल पत्रकार महासंघ सल्यानले रेडियो तहल्काको ट्रान्समिटर चोर्ने अज्ञात समुहलाई पत्ता लगाएर कार्वाही गर्न सुरक्षा निकाए संग माग गरेको छ ।
सल्यान खंलगा बाट प्रसारण हुदै आएको सामुदायिक रेडियो तहल्का एफ.एम ९१.९ मेगाहर्जको ट्रान्समिटर रिले स्टेशन बाट हराएको बिषयलाई लियर पत्रकार महासंघ सल्यानले संचार गृह जस्तो संबेदनसिल कार्यालयको ढोका तोडफोड गरेर ट्रान्समिटर चोरी गरिनुले जिल्लाको सुरक्षामा समेत चुनौति देखिएको उल्लेख गरिएको छ ।
शनिवार पत्रकार महासंघ सल्यानले जारी गरेको बिज्ञप्तीमा रेडियो तहल्काको रिले स्टेशन बागचौर नगरपालिका वडा नं. ३ पुतलिवास बाट सामुदायिक रेडियोको ट्रान्समिटर चोरिहुनुले जिल्लाका सम्पुर्ण संचार माध्याम, पत्रकार, स्थानिय सरकार लगाएत सुरक्षा निकाय लाई चुनौति बढेको उल्लेख गरिएको छ ।
पत्रकार महासंघ सल्यानका सचिव टिकाराम भण्डारी द्धारा हस्ताक्षरित बिज्ञप्तीमा अज्ञात समुहले ट्रान्समिटर चोरिगरि सकेपछि रेडियोको प्रशारण सेवा पूर्ण रुपमा बन्द भएको र रेडियो बन्द हुँदा रेडियोको पहुँच पुगेको स्थानका श्रोता तथा नागरिकहरु संचारको पहुँचवाट बंचित भएको भन्दै दोषीलाई पत्ता लगाई कार्वाहीको दायरामा ल्याउन जिल्लाको सुरक्षा निकाय समक्ष माग गरिएको छ ।
सल्यान खंलगा बाट प्रसारण हुँदै आएको रेडियो तहल्काको ट्रान्समिटर रिले स्टेशन बागचौर ३ पुतलिवास बाट बिहिवार राती चोरी भएको रेडियोका अध्यक्ष डिल्ली राज रावतले बताएका छन् । उनले उक्त बिषयको अनुसन्धानको लागी प्रहरी काँहा आफुले उजुरी दिएको र प्रहरीले घटनाको मुचुल्का समेत उठाएको बताए ।