त्रिवेणी गाउँपालिकामा पोषण तथा खाद्य सुरक्षा बैठक सम्पन्न

३० पौष २०७८ / बिमला बस्नेत

त्रिबेणी गाउँपालिकामा पालिका स्तरिय पोषण तथा खाद्य सुरुक्षा निर्देशक समितिको वैठक सम्पन्न भएको छ ।

विहिवार भएको  बैठकमा बोल्दै त्रिवेणी गाउँपालिकाका अध्यक्ष मान बहादर डाँगीले पोषण सुधारको लागी असल व्यवहार र आनी बानी परिबर्तनको महत्व रहेको बताएका छन् ।गाउँपालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा समितिका अध्यक्ष समेत रहेका डाँगीले गाउपालिकाका सबै जिम्मेवार व्यक्ति तथा संरचना (पालिकाको नीति निमार्ण गर्ने तह देखि कार्यान्वयन गर्ने तह र सेवाग्राही) हरुको बराबर भुमिका हुने बताएका छन । बैठकमा बोल्दै सुआहारा कार्यक्रमका बरिष्ठ प्राबिधिक संयोजक निरज केसीले पोषणको महत्व,अवश्यकता, मानब जीवनमा अधिक र न्यून पोषणको प्रभाब, स्वस्थ रहनको लागी दैनिक आबश्यक पर्ने पोषणको मात्रा लगाएका बिषयमा प्रष्ट पारेका थिय ।

यस्तै दलित बिकास समाज सल्यान सुआहारा कार्यक्रमका फिल्ड संयोजक तोरण बहादुर बुढाथोकीले सबै बिषयगत शाखाहरु अन्तर्गत अघिल्लो आर्थिक बर्ष र चालु आ.ब. को बार्षिक कार्यक्रम तथा वजेटमा समाबेश भएका क्रियाकलापहरु र प्रतिबद्धता बिच तुलना गरि प्रस्तुतिकरण गरेका थिय ।गाउँपालिकामा जस अनुसार जम्मा प्रतिवद्धताको ६० प्रतिशत प्रतिवद्धताहरुको नीति तथा कार्यक्रममा सम्बोधन भएको देखियो ।

बैठकमा स्वास्थ, सुखी र समृद्ध परिवार, हाम्रो सरोकार, प्रभावकारी बहुक्षेत्रीय पोषण सेवा, जनताको अधिकार भन्ने नारालाई पुरा गर्ने उद्देश्यले आ.ब. २०७८/७९ का लागी बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत पालिकामा प्राप्त स्वीकृत बजेट (३२लाख ४१हजार ५सय रुपैया लाई कार्यक्रमको मार्गदर्शन अनुसार सबै बिषयगत शाखाहरुलाई बिनियोजन गरिएको थियो    ।दलित बिकास समाज सल्यान सुआहारा कार्यक्रमको प्राबिधिक सहयोगमा २०७६ माघ ७ र ८ गते सम्पन्न पालिका स्तरिय एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सुनिश्चितता कार्यशाला गोष्ठीको अवसरमा तयार गरिएका प्रतिबद्धताहरुको कार्यान्वयनको अवस्थाको वारेमा समिक्षा गरीएको थियो ।समिक्षाको क्रममा पालिका अन्तर्गत सबै विषयगत शाखाका प्रमुखहरुले आ–आफ्नो शाखाबाट सम्पन्न गरिएका क्रियाकलापहरुको प्रस्तुतिकरण गरेका थिय ।

गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीको अध्यक्षतामा भएको बैठकमा गाउपालिका उपाध्यक्ष एवं समितीका उपाध्यक्ष करुणा खड्का, सदस्य सचिब त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसुन्धरा पुन लगाएत समितीका सबै सदस्यहरु सहभागीता रहेको थियो भने वैठकको संचालन त्रिबेणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले गरेका थिय ।
प्रतिक्रिया दिनुहोस