सल्यानका प्रजिअ र पत्रकार बिच परिचयात्मक कार्यक्रम सम्पन्न ।

२९ पौष २०७८

सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले आफू सल्यानमा रहदा सम्म आम नागरिकले महसुस गर्ने गरि शान्ति सुरक्षाको प्रवन्ध मिलाउने बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय सल्यानमा भखरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी बिपिन आचार्य र जिल्लाका पत्रकारहरु बिच बुधबार भएको परिचयात्मक कार्यक्रममा, प्रमुख जिल्ला अधिकारी आचार्यले यस्तो बताएका हुन ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिपिन आचार्य र जिल्लाका पत्रकारहरु बिच भएको परिचयात्मक कार्यक्रममा जिल्लाको पत्रकारिता र सञ्चार माध्यमको अवस्था, शान्तिसुरक्षा, आमनागरिकका सवाल लगाएतका बिभिन्न बिषयहरुमा छलफल गरिएको थियो ।
परिचयात्मक कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नविन पौडेल, सल्लाहकार मिना बुढाथोकी लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस