निराजन माविले निर्माण ग¥यो गोरेटो बाटो निर्माण

२८ पौष २०७८

सल्यानको एक बिधालयले ३ सय मिटर गोरेटो बाटो निर्माण गरेको छ ।

जिल्लाको शिद्धकुमाख गाउँपालिका वडा नं. ३ ढोरचौरमा रहेको निराजन माध्यामिक बिधालयले सोहि ठाउँको स्थानिय फल्टेखोला घाट सम्म पुग्ने गोरेटो बाटो निर्माण गरेको हो ।
गाउँपालिका   अन्तर्गत  डाँडाकटेरी, फलाटे, झारगाउँका मान्छेको मृत्यु भएको खण्डमा प्राथिव शरिरलाई दाहसंस्कार गर्न लैजाने बाटो अफ्टयारो भएपछि निराजन मा.बि ढोरचौरले सोहि वडाको सालखोली डाँडा देखी फल्टेखोला घाट सम्म बाटो निर्माण गरेको बिधालयका प्रधानध्यापक धर्मराज घर्तिले बताएका छन् ।

परापुुर्वकाल देखी उक्त ठाँउका मृत्यु भएका मान्छेको दाहसंस्कार गर्ने फल्टेखोला घाटमा पुग्नलाई मोटर बाटो देखी करिव ३ सय मिटरको दुरीमा रहेको र अफ्टयरो बाटो, किसानका खेतवारीमा हिड्नु पर्ने बाध्यता भएपछि स्वर्गजाने बाटो नामाकरण गरि बिधालय परिवारले उक्त बाटो निर्माण गरेको प्र.अ, घर्तिले बताएका छन् । उनिले उक्त कार्यमा बिधालय ब्यवस्थापन समिति, शिक्षक,बिधार्थीको सक्रिय सहभागीता रहेको र निशुल्क रुपमा गोरेटो बाटो निर्माण गरेको बताए । सो ठाउँको गोरेटो बाटो निर्माण पछि मृत्युभएका मान्छेको दाहसंस्कारका लागी घाट सम्म जान आउन,मानिस लाई सहज हुने स्थानिय डम्बर बहादुर बोहराले बताएका छन् । बोहराले उत्कृष्ट कार्यको लागी बिधालय परिवारलाई धन्यवाद दिएका छन।

प्रतिक्रिया दिनुहोस