बागचौरमा पोषण कार्यक्रम कार्यन्वयन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

२७ पौष २०७८

सल्यानको बागचौरमा पोषण कार्यक्रम कार्यन्वयन सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ, सुखी र समृद्ध परिवार, हाम्रो सरोकार,प्रभावकारी बहुक्षेत्रीय पोषण सेवा, जनताको अधिकार भन्ने मुल नाराका साथ बहुक्षेत्रीय पोषण योजना अन्र्तगत ( दोस्रो बहुक्षेत्री पोषण कार्यक्रमको कार्यान्वयनका लागी भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाकी उप प्रमुख कल्पना पुनले उक्त कार्यक्रमले नगरभित्रका बालबालिकाहरु लाई कुपोषण हुन नदिन महत्वपुर्ण भुमिका खेल्ने बताइन । उनले कुपोषणले बालबालिकामा पार्ने असर र त्यसको निराकरण गर्नुका साथै कुपोषित हुन नदिनको लागी उक्त कार्यक्रमको प्रभावकारीता हुने बताइन ।बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालको स्वागत मनतव्य बाट सुरु भएको नगरपालिका स्तरीय अभिमुखिकरण कार्यक्रममा युनिसेफ पोषण अधिकृत विन्दु पन्ती, कर्णाली प्रदेश बहुक्षेत्रीय पोषण योजना आयोग समन्वय कर्ता मान बहादुर कँवर, सुहारा कर्णाली प्रदेश संयोजक निरज के.सी लगाएतकाले सहभागीहरुलाई पोषण सम्बन्धि बिभिन्न बिषयमा जानकारी दिएका थिय ।

बागचौर नगरपालिका बहुक्षेत्रीय पोषण योजना  (MSNP)   सल्यानको आयोजनामा भएको कार्यक्रममा बागचौर नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायत विभिन्न शाखामा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन बागचौर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि कठायतले गरेका थिय ।

प्रतिक्रिया दिनुहोस