सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एकजना ब्यक्ति घाइते

२७ पौष २०७८

सल्यानमा मोटर साइकल दुर्घटनामा परि एक जना ब्यक्ती घाइते भएका छन्।

जिल्लाको बागचौर नगरपालिका वडा २ थारमारे बजार नजिकै भएको मोटरसाइकल दुर्घटनामा परि बागचौर नगरपालिका वडा नं.१ ठिनवाङ निवासी अन्दाजी ३६ बर्षिया शिवकुमार बस्नेत घाइते भएका हुन ।
मंगलवार बेलुकी करिव पौने ५ बजे रा ७ प १६९२ नम्बरको १५० सिसीको मोटर साइकल दुर्घटना भएको र सडक देखी करिव ४ सय मिटर तल खोलामा मोटरसाइक खसेको प्रहरीले जनाएको छ ।

बस्नेतको उद्धार पछि बागचौरमा प्राथामिक उपचार गरी नेपालगंज रिफर गरिएको हो । उनिले थारमारे बजारमा दिपसागर ग्रील उधोग संचालन गदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस