२६पौष २०७८
बंगलादेशमा भएको म्याराथनमा नेपाली धावक पुष्पा भण्डारीले कास्य पदक जितेकी छन् ।
जनवरी १० तारिकका दिन बंगलादेशमा भएको बंगबन्धु शेख मुजीव ढाका दक्षिण एसियाली क्याटेगोरीतर्फ सल्यानकी पुष्पा भण्डारी तेस्रो भएकी हुन् ।१३औं दक्षिण एसियाली खेलकुदको पदक विजेता समेत रहेकी पुष्पा यसअघि गत वर्ष क्याटेगोरीमा स्वर्ण जितेकी थिइन् ।म्याराथनमा पुष्पाले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ३५ सेकेण्डमा पूरा गरेको नेपाली टिमका प्रशिक्षक चन्द्र गुरुङले बताए । उनका अनुसारगत वर्ष पष्पाले निर्धारित दूरी २ घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गरेकी थिइन् ।
म्याराथनमा भारतकी आरती दत्तात्रय पाटिलले २ घण्टा ५३ मिनेट २८ सेकेण्डमा दौड पूरा गर्दै स्वर्ण जितिन् भने भारतकै ज्योती गवाटेले २ घण्टा ५४ मिनेट १५ सेकेण्डमा दूरी पूरा गर्दै रजत जितिन् ।