२४ पौष २०७८ / बिमला बस्नेत
सल्यानको बाफुखोलामा १ हजार दिने ( गर्भवती तथा सुत्केरी ) आमाहरू लाई पोषण कोशेली बितरण गरिएको छ ।
शुक्रबार बागचौर नगरपालिका वडा नं.१२ का वडा अध्यक्ष दिपक वलीको अध्यक्षता भएको कार्यक्रममा वडाका १ सय ३२ जना गर्भवती तथा सुत्केरी आमा हरुलाई पोषण कोशेली बितरण गरिएको हो । कार्यक्रममा प्रतिब्यक्ती पाँच वटाका दरले कुखुराका अन्डा,र ४ वटा नुहाउने साबुन बितरण गरिएको बागचौर नगरपालिका वडा नं.१२ ले जनाएको छ । वडाका गर्भ अवस्था देखि १ हजार दिन सम्मका आमा र बच्चाको स्वास्थ्य अवस्थामा सुधार ल्याउने उद्वेश्यले आफुहरुले उक्त अभियान संचालनमा ल्याएको वडा अध्यक्ष दिपक वलीले बताए ।उनिले आगामी दिनहरुमा यस्ता खाले कार्यक्रमलाई निरंतरता दिने भन्दै समन्वयको लागि दलित बिकास समाज सल्यान( सुआहारा) कार्यक्रमलाई धन्यवाद दिएका थिय ।
कार्यक्रममा बोल्दै दलित बिकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपालीले आफ्नो संस्थाले बिगत देखिनै जिल्ला बासीको हितमा विभिन्न जनचेतना र लाभदायक कार्यक्रम गर्दै आएको बताए ।उनले सुआहारा कार्यक्रमको प्रभाव पनि समाजमा राम्रो देखिएको र यस्को उपलब्धि लाई रक्षा गरेर यस्ता खाले कार्यक्रमहरु आफुहरुले सल्यान जिल्लामा भित्र्याउने बताए । कार्यक्रममा दलित बिकास समाज सल्यानका कार्यालय प्रमुख दुर्गा पुन,सुआहारा कार्यक्रमका संयोजक तोरण बुढाथोकी,सुआहाराका बागचौर नगर संयोजक कमल वली र बाफुखोला स्वास्थ्यचौकी निमित्त इन्चार्ज रुपा बुढाथोकीले सुआहारा कार्यक्रम स्वास्थ्य बर्दक भएको बताए ।
बागचौर नगरपालिका वडा नं.१२ को आर्थिक सहयोग र आयोजनामा भएको कार्यक्रमको समन्वय युयसय आइडी सुआहाराले गरेको थियो ।