बालशखा मा.बि मदमकाडाको ४ कोठे बिज्ञान भवन उद्धघाटन्

२४ पौष २०७८

सल्यानको शारदा नगरपालिका वडानं.६मदमकाँडामा रहेको बालशखा माबिको ४ कोठे भवन उदघाटन् गरिएको छ ।

शारदा नगरपालिका सल्यान र संघिय सर्सत अनुदान शिक्षा तर्फ को बजेट्मा नव निर्मित ४ कोठे उक्त बिज्ञान तथा सुचना प्रबिधि भवनको उदघाटन गर्दै शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारीले समाजको बिकाश क्रमसंगै शैक्षिक प्रणालिमा समेत आधुनिक्ता हुन जरुरी रहेको बताएका छन् । पुरानो शिक्षा प्रणालीले देशको बिकास हुन नसक्ने भन्दै अवको शिक्षा शिप,श्रम र रोजागरमुलक व्यवसायिक हुन जरुरी रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अधिकारीले शारदा नगरपालिकामा निर्वाचनमा आफुले गरेका प्रतिबद्धत्ता समेत पुरा गर्न सबै संग सहयोग सहकार्यका साथ आफुअगाडी बढेको बताएका हुन ।

शुक्रवार भएको कार्यक्रममा बोल्दै शारदा नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख संगीता बुढाले नगरको शिक्षा क्षेत्र लाई अगाडी बढाउनको लागी आफुहरु लागी परेको बताइन् । कार्यक्रमको बिशिष्ट अतिथि समेत रहेकी बुढाले संसार परिर्वन गर्ने कुरा शिक्षाले मात्र संभव भएकाले आफ्न बालवालिका लाई पढाइ तिर ध्यान दिने बातावरण निर्माण गर्न सम्पुर्ण बिधालय र अविभाबक लाई आग्रह गरेकी छन् ।

३६ लाख लागतमा निर्माण भएको भवनको उद्धघाटन् कार्यक्रममा वडा नं.६ का वडा सदस्य छबिलाल खत्री लगाएत राजनितिक दलका प्रतिनिधि,शिक्षक बुद्धिजिवि, अविभाबकको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा यूनिसेफ र शरदा नगरपालिकाको साझेदारिमा वडा भरिका कक्षा ३ र ६ का बालवालिका लाई शैक्षिक सामाग्री पनि बितरण गरिएको थियो ।

बालशखा माध्यमिक विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बुद्धि सिंह बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक भोला प्रशाद बिष्टले प्रगति बिवरण प्रस्तुत गरेका थिए भने शिक्षक मंगल बहादुर खत्रीले कार्यक्रमको संचालन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस