नेकपा एमाले सल्यानको नवौं जिल्ला अधिबेशन सुरु

२३ पौष २०७८

नेकपा एमाले सल्यानको नवौ जिल्ला अधिबेशन उद्धघाट्न सत्र सम्पन्न भएको छ ।

शुक्रवार सल्यान खलंगामा भएको जिल्ला अधिवेशन लाई उद्धघाटन् गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य गुलावजंग शाहले अहिलेको सरकार जनताको सरकार नभएर प्रमादेशको सरकार भएको बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शाहले जनमतका आधारमा केपी शर्मा वली प्रधानमन्त्री हुनुपर्नेमा सर्वोच्चले शेर बहादुर देउवालाई प्रधानमन्त्री तोकेको र सरकार गठन भए यता कुनै पनि जनपक्षिय काम गर्न नसकेको बताएका छन् । उनले देशको समृद्धिका लागी नेकपा एमाले पार्टीनै पहिलो भएको बताएका छन्, नेकपा एमालेका कर्णाली प्रदेश सह इन्चार्ज  समेत रहेका शाहले एमालेलाई अझै चलाएमान गराउन सबै नेता कार्यकर्ता एक भएर लाग्नुपर्ने बताएका छन् ।

 

यस्तै कार्यक्रममा बोल्दै नेकपा एमालेका प्रदेश कमिटी सदस्य लोक बहादुर डाँगीले एमाले पाटी जनताको अर्गानिक पार्टी भएको बताएका छन् । उनले जिल्ला अधिबेशनको  सन्दर्भ जोडदै पाटी बाट अराजक तत्व बाहिरीएकाले यो जिल्ला अधिवेशन सहजता पुुर्वक सम्पन्न हुने बताएका हुन । अधिबेशन उद्धघाटन सत्रमा बोल्दै नेकपा एमालेका जिल्ला नेता मनोज प्रधानले नेकपा एमाले देशको ठुलो पार्टी बन्दै गर्दा देशी बिदेशी तत्वहरुले बिभिन्न षड्यन्त्र गरेर पाटीलाई कम्जोर बनाउने अभियानमा लागेको बताए । कार्यक्रममा पार्टीका अर्का नेता तिलक मल्लले नेकपा एमाले (नेकपा) को निरन्तरता भएको बताएका छन् ।उनले केहि बर्ष पहिला नेकपा माओवादी केन्द्र र नेकपा एमालेको पार्टी एकताको एउटा रुप भएको बताएका हुन ।

नेकपा एमालेका जिल्ला अध्यक्ष गोबिन्द पुनको अध्यक्षता पार्टीका जिल्ला उपाध्यक्ष भिमबहादुर सेनको स्वागत मन्तब्य बाट सुुरु भएको कार्यक्रममा बिभिन्न साँस्कृतिक झाकीहरु प्रस्तुत गरिएको थियो भने पार्टीका उपसचिव दान बहादुर केसीले कार्यक्रमको संचालन गरेका थिय ।

प्रतिक्रिया दिनुहोस