२२ पौष २०७८
बङ्गलादेशमा सम्पन्न बिजी कराते च्याम्पियनसिपमा नेपाल सितोरियो करातेले चार स्वर्ण पदक जितेको छ ।
पौष १२ गते देखी बङ्गलादेश संचालन भएको प्रतियोगीतामा नेपालले नेपाल सितोरियो करातेले ४ स्वर्ण, २ रजत र ५ कास्यपदक प्राप्त गरेको हो बङ्गलादेश गोजुरियो कराते महासङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा नेपाल सितोरियो करातेका तर्फ बाट डिजेन डोल्मा लामाले दुई, पासाङ तामाङ र ग्याल्मो सोमिका लामाले एक एक स्वर्ण पदक प्राप्त गरेका हुन । यस्तै ७० किलो तौल समुहमा काता तर्फ पासाङ तामाङले स्वर्ण पदक र ३५ किलो तौल समुह तर्फ ग्याल्मो सोमिका लामाले कुमिते तर्फ स्वर्ण पदक प्राप्त गरेको युनिभर्सल डोजोका प्रमुख प्रशिक्षक तथा राष्टिय रेफ्री श्याम रोकाले जानकारी दिएका छन् ।
प्रतियोगीतामा नेपाली टोलीले थप दुई रजत र पाँच कास्य पदक समेत प्राप्त गरेको उनले बताएका छन् । ७० किलो तौल समुहमा पासाङ तामाङ र ६५ किलो तौल समुहमा राजदेव बमजनले कुमितेतर्फ रजत प्राप्त गरेका हुन् ।यसैगरी रवीन्द्र कुँवरले खुलातर्फ, युरोडिस रोकाले ६० किलो, उमेश भण्डारीले ५५ किलो, रविना सुनारले ४५ किलो तथा उमङ्ग बुढाथोकीले १४ वर्षमुनि उमेर समूहमा कास्य पदक प्राप्त गरेका छन् ।
रामकुमार श्रेष्ठ टीम म्यानेजर रहेको सो टोलीको प्रशिक्षकमा सल्यानका श्याम रोका थिए भने निर्णायकको भूमिकामा एसियन रेफ्री छत्र बहादुर आले मगर, मिङ्मा तामाङ शेर्पा ,गंगा लाल श्रेष्ठ, नारायण श्रेष्ठ ,प्रकाश तामाङ लामा रहेका थिए ।