२१ पौष २०७८
जिल्ला अस्पताल सल्यानले श्रीनगरमा रहेको आँखा उपचार केन्द्रलाई स्वास्थ्य उपकरण र औषधि उपलब्ध गराएको छ ।
नेपाल नेत्र ज्योति संग राप्ती आँखा अस्पताल द्वारा संचालित सल्यान आँखा उपचार केन्द्र शितलपाटी सल्यानलाई व्यवस्थित गराउनको लागी जिल्ला अस्पताल सल्यानले उक्त उपकरण र औषधि उपलब्ध गराएको,आँखा उपचार केन्द्र शितलपाटीले बताएको छ ।
आँखा उपचार केन्द्रको लागी अस्पतालले १ थान रेटिना स्कोप र औषधि उपलब्ध गराएको आँखा उपचार केन्द्र शितलपाटी सल्यानकी प्रमुख नबिना चौधरीले बताएकी छिन्। चस्माको पावर चेक जाँच गर्नको लागी रेटिना स्कोप र आँखाका बिरामीहरुलाई प्रयोग हुने औषधि गरेर करिव २ लाख बराबरको उपकरण र औषधि प्राप्त भएको प्रमुख चौधरीले बताएकी हुन ।
यस्तै आँखाका बिरामीहरुलाई उपचार गर्न सहज होस भनेर आफुहरुले उक्त स्वास्थ्य उपकरण र औषधि आँखा उपचार केन्द्र शितलपाटी लाई उपलब्ध गराएको जिल्ला अस्पताल सल्यानका प्रमुख दशरथ श्रेष्ठले बताएका छन् ।