१८ पौष २०७८
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा न ४ व्युरेणीका ३५ वर्षका देवर विजय रानाले ३० वर्षीय भाउजू शान्ती रानालाई बिवाह गर्नको लागी भगाएर लिएको उनका आफन्तले बताएका छन्।
विजयले ठुलोवुवाको छोरा दाइ डिलबहादुर रानाको श्रीमती भाउजू नाता पर्नेलाई पुस ११ गते भगाएर भारत लगेको भाइ नरेशले बताएका छन् ।देवर विजय राना भाइको घर निर्माण गर्न भनी वनकट्टी बाँकेमा केही दिन अगाडि देखि बसेको र भाउजू शान्ती रानाले घर देखी नेपालगन्जमा उपचार गर्न लगायत लालपुर बाँकेमा निजको नाममा रहेको पाँच कट्ठा जमिनको धान बेच्न र बर्दिया आफ्न्तीहरुलाइ भेट्न जान्छु भनी घरबाट बहाना गराएर गएको विजयकी श्रीमती दिपा रानाले बताएकी छन् ।
शान्ती रानाका श्रीमान बिदेशमा गएको ६ वर्ष भएको छ । उनका दुई छोराहरुकोको घरमा बिचल्ली भएको छ ।