निजामती कर्मचारी युनियन सल्यानको अध्यक्षमा लिलाधर बबाल

१७ पौष २०७८

नेपाल निजामती कर्मचारी युनियन सल्यानको अध्यक्षमा लिलाधर बबाल निर्वार्चित भएका छन् ।

शनिबार सल्यान खलंगामा भएको आठौँ जिल्ला अधिबेशन बाट लिलाधर बबालको अध्यक्षतामा १५ सदस्सीय कर्माचारी युनियन जिल्ला कार्यसमिति चयन गरिएको हो । जस्को उपाध्यक्षमा लोकेन्द्र डाँगी, दिपक पुन, त्रिपुरा के सि बोहरा, सचिव.मा महेन्द्र वस्नेत, सहसचिव,तुल्सिराम डाँगी र कोषाध्यक्षमा प्रकाश खड्का रहेका छन् ।

आठौ अधिबेशन उद्घाटन सत्रमा बोल्दै नेपाली काँग्रेस कर्णाली प्रदेशका सहमहामन्त्री एकराज डाँगीले नेपाली काँग्रेस पजातन्त्रको मुल मन्त्रलाई आत्म साथ गर्दै जनता माझ लोकप्रिय पार्टी भएको बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डाँगीले पार्टी लाई चलायमान गराउन एउटा बौदिक तप्काको रुपमा कर्मचारी युनियन रहेको बताएका हुन ।

यस्तै कार्यक्रममा काँग्रेस सल्यानका जिल्ला सभापती केश बहादुर बिष्ट, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय बरिष्ट उपाध्यक्ष उत्तम कटुवाल, कर्णाली प्रदेश अध्यक्ष एंव केन्द्रिय उपाध्यक्ष नृपजंग शाही, केन्द्रिय सचिव गणेश भण्डारी, नेपाली काँग्रेसका पुर्वकेन्द्रिय सदस्य डिल्लीराज रेग्मी, पार्टीका जिल्ला सचिव द्धय प्रकाश भण्डारी र एकराज बुढाथोकीले शुभकामना मन्तव्य राखेका थिय ।

यस्तै जिल्ला अधिबेशनमा नेपाली काँग्रेस क्षेत्र नं. २ का सभापति सुरेश अधिकारी, शारदा नगर उपप्रमुख सावित्रा बस्नेत, ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष बिर बहादुर सेवजाल, आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष बिरेन्द्र हमाल, नेविसंघका उपाध्यक्ष प्रेम नारायण बिक लगाएतले शुभकामना मन्तब्य राखेका थिय ।

प्रतिक्रिया दिनुहोस