अखिल नेपाल महिला संघ बागचौरको अध्यक्षमा वली चयन

१६ पौष २०७८

नेकपा( एमाले )निकट अखिल नेपाल महिला संघ बागचौर नगरको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
बिहिवार बागचौरमा भएको प्रथम अधिवेशन बाट शारदा वलि अध्यक्ष रहेको ५१ सदस्यीय नगरकमिटी चयन गरिएको छ । जस्को उपाध्यक्षमा चित्रा चन्द, बिमला शर्मा, सचिव भक्त कुमारी बिएम के सी रहेकी छन् ।त्यस्तै उपसचिवमा सीता वली, मैना वली र कोषाध्यक्ष डिला विक चयन भएको नेकपा एमाले जिल्ला अधिवेशन प्रचार प्रसार उपसमितिका संयोजक दिपेन्द्र प्रकाश डिसीले बताएका छन् । कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमालेका प्रदेश कमिटी सदस्य लोक बहादुर डाँगीले नेकपा एमाले पाटी जनताको परिवर्तनका पक्षमा लड्दै आएको पाटी भएको बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डाँगीले पार्टीलाई गतिशीलमा लिनको लागि जनवर्गीय संगठनको महत्त्वपूर्ण भुमिका रहने भएकाले त्यो भुमिकामा रहन अखिल नेपाल महिला संघ बागचौर नगरकमीटिलाई आग्रह गरेका छन्।
यस्तै कार्यक्रमका विशिष्ट अतिथि अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कुन्ती बस्नेतले महिलाहरुको हक अधिकार र समाज परिवर्तनमा आफ्नो संगठनले महत्त्वपूर्ण भुमिका खेल्दै आएको बताएकी छन् ।उनले सम्पुर्ण महिला दिदी बहिनिहरुलाई संसार परिवर्तनको लागी पार्टीमा एकताबद्ध भएर लाग्न आग्रह गरेकी हुन । शारदा वलीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य तिलक मल्ल, नगर अध्यक्ष तथा जिल्ला कमिटी सदस्य घनश्याम शर्मा,जिल्ला कमिटी सदस्यहरु दिपेन्द्र प्रकाश डि.सी,जनक विक, नगर कमिटी सचीव मोहन चन्द लगाएतका का नेताले अधिवेशन सफलताको शुभकामना मन्तव्य राखेका थिय ।
प्रतिक्रिया दिनुहोस