अनेरास्ववियु सल्यानको जिल्ला भेला सम्पन्न अध्यक्षमा सिंह

१६पौष २०७८ 

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी निकट बिद्यार्थीहरुको संगठन अनेरास्ववियुको जिल्ला अध्यक्ष निरज सिंह बनेका छन् ।

बिहवार सल्यान श्रीनगरमा भएको संगठनको जिल्ला भेला तथा कमिटी घोषणा कार्यक्रम बाट अध्यक्षमा निरज सिंह निर्वाचित हुनु।जसको उपाध्यक्षमा पारस बुढाथोकी, माधव गौतम, कमल खडका,सचिवमा शुरेस भारती, सहसचिव रमेश कार्की, लक्ष्मण भण्डारी, निमबहादुर नेपाली र कोषाध्यक्षमा गंगा चन्द रहेका ३५ सदस्यीय अनेरास्ववियु जिल्ला कमिटी घोषणा गरेको हो ।यस्तै भेलाले प्रकाश नेपाली, हेमराज वस्नेत, आश्विन जिसी र मोहमद अफ्तर राजालाई प्रदेश कमिटीमा सिफारिस गरेको छ ।

भेलाको उद्धघाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का उपमहासचिव ले आफ्नो पार्टी समाजवादको लक्ष्य प्राप्तिको लागि जनताको साथ सहित अगाडि बढेको बताएका छन् । कार्यक्रमकम प्रमुख अतिथि समेत रहेका ज्वालाले कलम चिन्ह बौद्धिकता र विवेकको प्रतिक भएको भन्दै समाजवादको लक्ष्य प्राप्त गर्नको लागी त्यहि अनुसारको खाका तयार पार्दै गरेको बताएका हुुन ।यस्तै कार्यक्रममा अनेरास्ववियुकी केन्द्रिय महासचिव आरती लामा, समाजवादीका प्रदेश कमिटी सदस्य हरी केसी, रमेश गौतम जिल्ला कमिटी सदस्य तिलक नेपाली,लोक बहादुर बिक, मनबिर बस्नेतले समाजवादको यात्रामा आफ्नो पार्टी द्धृढताका साथ लागेको बताएका छन्।

युवा संघका दाङ जिल्ला अध्यक्ष प्रेम बुढा, केन्द्रिय सचिवालय सदस्य ओमकार ओली, अनेरास्ववियुका केन्द्रिय सदस्य द्रोण यरी, कृष्ण ओली, समाजवादी निकट अनेमासंघका जिल्ला सचिब शान्ता नेपाली, समाजवादी प्रेस संगठन नेपाल, सल्यानका अध्यक्ष बुद्धि पुन लगाएतकाले भेला सफल्ताको शéकामना मन्तब्य राखेका थिय ।

प्रतिक्रिया दिनुहोस