१५ पौष २०७८
राप्ती राजर्मागको मर्मतसम्भार गरिने भएको छ ।
दाङ सल्यानको सिमाना चोरखोला देखी रुकुम सल्यानको सिमाना खौला सम्मको राप्ती राजर्मागको भाग मर्मतसम्भार गरिने सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।
उक्त सडकको मर्मत सम्भारका लागी बर्षेनी करोडौ रकम खर्च हँदै आएतापनि दिगो नहुदाँ नागरीकले सास्ती पाउदै आएको र सडकको वटाशिल उम्किएर जिर्न बन्दै गएपछि बर्षेनि दर्जनौ सवारी दुर्घटना हुँदै आएको उक्त सडकको मर्मत सम्भारको लागी २३ करोड ३० लाख बजेट बिनियोजन गरिएको छ । बजेटले चोरखोला देखी कपुरकोट सम्मको सडक खण्डमा काम भैरहेको र कपुरकोट देखी खौला सम्मको भागमा कार्यन्वयन छिटै गरिने सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जयसवालले बताएका छन् । उनले उक्त सडकको मर्मत सम्भार संगै दिगोपनका लागी आफुहरुले सक्दो पहल गर्ने र यसै आर्थिक बर्षमा बिभिन्न खण्डमा बिभाजन गरेर सडक मर्मतको काम गरिने बताएकाहुन । कपुरकोट देखी अरिङगाले फेदि सम्मको ८ किलोमिटर सडक १० करोड, श्रीनगर देखी बेलाइतीघारी सम्म १७ किलोमिटर, ४ करोड ५० लाख, बेलाइतिघारी देखी रारेचौर सम्म १९ किलोमीटर ४ करोड ५० लाख र रारेचौर देखी खौला सम्म १८ किलोमिटर ४ करोड ३० लाखमा सडक मर्मत सम्भार गरिने प्रमुख जयसवालले बताए । उक्त बजेटबाट सडक मर्मत र कालोपत्रे गरिने बताइएको छ। सडक चौडाइ नभई बोग्रेको स्थानमा मात्र कालोपत्रे हुने सडक डिभिजन कार्यालयका इन्जिनियर रिकेश महर्जनले बताएका छन्।
यस्तै बुधवार जिल्ला प्रसाशन कार्यालय सल्यानमा भएको अन्तरक्रियामुखी बैठकले सडक स्तरोन्नतिका लागी मन्त्रालय देखि प्रधानमन्त्री सम्मलाई भेट्न सल्यानको टोली डेलिकेशन सहित जाने निर्णय गरेको छ ।उक्त बिषयमा सल्यानबाट जिल्ला समन्वय समितिका प्रमुख केश बहादुर विष्टको नेतृत्वमा डेलिकेशन लिएर मन्त्रालयदेखि प्रधानमन्त्री सम्मलाइ भेट्ने निर्णय भएको हो । राप्ती राजमार्गको स्तरोन्नति तथा विस्तारका लागि बजेट विनियोजन गर्न जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर विष्टको नेतृत्वमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, पत्रकार महासङ्घका प्रतिनिधि र उद्योग वाणिज्य सङ्घका प्रतिनिधिले भौतिक योजना मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगमा डेलिकेशन सहित जाने र प्रधानमन्त्रीलाई भेट्ने निर्णय भएको हो । त्यस्तै अल्पकालिन कार्यमा हाल सडक डिभिजन कार्यालय दाङमा मर्मत सम्भार शीर्षकमा प्राप्त बजेट यथाशीघ्र कार्यान्वयन गर्न टेन्डर आह्वान गर्ने, सडक डिभिजन कार्यालय दाङबाट मर्मत कार्यको सडक डिभिजन दाङले गुणस्तरीयता कायम गर्न नियमित अनुगमन गर्ने र समयमै सम्पन्न गर्ने पनि निर्णय भएको छ ।
र्दीघकालिन कार्यमा राप्ती राजमार्गको विस्तार र पुनः निर्माण कार्य गर्नु पर्ने अति आवश्यक भएको तथा कपुरकोेटबाट शितलपाटि सडक खण्डको डिपिआर तयार भई बुहवर्षिय योजनाको फाइल हाल भौतिक योजना मन्त्रालयमा रहेकाले उक्त फाइल स्वीकृतिका लागि सडक डिभिजन कार्यालय दाङले पहल गर्नुपर्ने निर्णय भएको हो। त्यसैगरी रोल्पा जिल्लामा सञ्चालित सिमेन्ट उत्पादनका लागि आवश्यक सामाग्री बोक्ने टिपरहरूले आफ्नो भार बहन क्षमता भन्दा बढी सामाग्री बोक्ने गरेका कारण सडक जीर्ण बन्दै गएकाले जिल्ला प्रहरी कार्यालयले भारवहन क्षमता अनुसार मात्र सामाग्री ओसार पसार गर्न लगाउने र सिमेन्ट उत्पादनका लागि दाङबाट रोल्पा आवत जावत गर्ने टिपरहरूको लागि वैकल्पिक मार्गको व्यवस्था गर्न रोल्पा र दाङ जिल्लासँग समन्वय गर्ने निर्णय गरेको छ ।