नेकपा एमाले सल्यानको जिल्ला अधिवेशनको तयारी पुरा हुँदै

१४ पौष २०७८

 

नेकपा एमाले सल्यानले जिल्ला अधिवेशनको लागी तिव्र तयारी भैरहेको बताएको छ ।

पार्टीको आगामी पौष २३ गते देशभर हुने अधिवेशनको कार्यक्रम अनुसार सल्यानमा पनि जिल्ला अधिवेशनको लागी ब्यापक तयारी भैरहेको नेकपा एमाले सल्यानले जनाएको छ । पौष २३ गते हुने जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौटका लागी जिल्लाका दश स्थानिय तहको बैठक पौष १४ गते एकै साथ बस्ने प्रचार प्रसार उपसमितिसंयोजक दिपेन्द्र प्रकाश डिसीले बताएका छन् । जस अनुसार जिल्लाको शारदा नगरकमिटीको बैठक, श्रीनगरमा रहेको होटेल प्याराडाइज, बागचौर नगरकमिटीको बैठक, बागचौरमा रहेको होटेल शारदा टपमा बस्ने भएको छ । यस्तै बनगाड कुपिण्डे नगरकमिटीको बैठक, सल्लीवजार, दार्माको फारुला बजार, कुमाखको रागेचौर, शिद्धकुमाखको ढोरचौर, त्रिवेणीको लुहाम, कपुरकोटको सगरमाथा होटेल कपुरकोट, छत्रेश्वरीको भोटेचौर र कालिमाटीको पुतलि बजारमा बैठक बस्ने संयोजक डीसीले बताएका हुन ।

उनका अनुसार बैठकले पार्टीको बिधान बमोजिम प्रतिनिधि छनौटको प्रक्रिया अगाडी बढाई पौष १७ गते भित्र जिल्ला पार्टी कार्यालयमा प्रतिनिधिको बिवरण पेश गरि सक्नु पर्नेछ । अधिवेशनमा सहभागी हुनको लागी १० जना पार्टी सदस्य बरावर १ जना प्रतिनिधि छनौट गरिने, जस्मा ३३ प्रतिशत महिला अनिर्वाय हुनुपर्ने डीसीले बताएका छन् । दलित तथा जनजातिको हकमा सम्बन्धित पालिकाले निर्णय गर्ने समेत उनले बताएका हुन ।

प्रतिक्रिया दिनुहोस