जिल्लाका आलु र टमाटर खेति गर्ने किसान लाई सर्तकता हुन कृषि बिकास कार्यालयको आग्रह

१३ पौष २०७८

कृषि बिकास कार्यालय सल्यानले आलुु र टमाटर खेति गरेका किसान लाई सर्तकता अपनाउन आग्रह गरेको छ ।

कृषि बिकास कार्यालय सल्यानले एक सुचना जारी गर्दै केहीदिन यता मौसममा परिर्वतन आइ हल्का बर्षा र हिमपातको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएकाले जिल्लामा आलु र टमाटर खेतीमा पछौटे डढुवा रोगको सम्भावना धेरै भएकाले किसानहरुलाई सर्कतकता अपनाउन आग्रह गरेको हो ।जिल्लाको शारदा नगरपालिका, बनगाड कुपिण्डे नगरपालिका, सिद्धकुमाख गाउँपालिका लगाएतका बिभिन्न स्थानहरुमा हिउदेँ आलु खेती हुदैँ आएको र कपुरकोट, रिम, सिन्वाङ गरिज्युला, बनगाड , बरला, थारमारे लगाएतका क्षेत्रहरुमा टमाटर खेती हुदैँ आएकोले हिउदेँ सिजनमा गरिने यस खेतीलाई बर्षाले असर गर्नसक्ने कृर्षि बिकास कार्यालयले जनाएको छ ।

हिउदे याममा मौसममा आएको परिर्वतनका कारण आलु र टमाटर खेतिमा पछौटे डढुवा लाग्ने र उक्त रोगले विरुवाको विभिन्न भागहरुमा असर गराउने समेत बताइएको छ । रोगले शुरुमा पातमा खैरो कालो सानो दाग देखा पर्ने पछि रोग छिटै फैलिएर पात र डांठको ठुलो भाग ढाक्नुका साथै, टमाटरको फलमा वा आलुको दानामा पनि यसले आक्रमण गर्ने गर्दछ ।पछौटे डढुवा रोगले कहिलेकाही ८० प्रतिशत भन्दा बढी उत्पादनमा ह्रास आउने सम्भावनाका साथै भण्डारमा धेरै आलु कुहिने समस्या देखिने भएको कार्यालयका निमित्त प्रमुख भरत बहादुर बस्नेत द्धारा जारी सुचनामा उल्लेख गरिएको छ । बढि तापक्रम, बादल लागेको वा हल्का पानी परेको वा हावाको ओसिलोपना भएको वेला यसको प्रकोप धेरै फैलने भएकाले किसान सचेत हुनुपर्ने उक्त सुचनामा उल्लेख गरिएको छ ।

पछौटे डढुवा रोग देखिना साथ कपर अक्सीक्लोराइड ५० प्रतिशत, डब्लुपी २.५ ग्राम वा म्यान्कोजेव ७५ प्रतिशत डब्लु.पी.२.५ ग्राम वा क्लोरथालोनील ५०प्रतिशत डब्लु.पी.१.५ ग्राम प्रति लिटर पानीको दरले पातको दुवै तर्फपर्ने गरी छर्कनु पर्ने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस