१२ पौष २०७८
सल्यान दाङ सडकको सुधारका लागी सल्यानमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिने भएको छ ।
सल्यानका सुरक्षा निकाय, राजनितिक दल, सडक डिभिजन कार्यालय, निर्माण व्यवसायि सहित सरोकारवालाहरुको बिचमा भोली मंगलवार जिल्ला प्रशासन कार्यालय सल्यानमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिने भएको हो । राप्ती लोकमार्ग अन्र्तगत कपुरकोट क्षेत्रमा भैरहेको सडक स्तरोन्नतीको काम छिटो सम्पन्न गर्नुपर्ने लगाएतका बिषयमा छलफल गर्न लागिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले जानकारी दिएकी छिन् । जीर्ण बनेको सडकलाई कसरी दिगो बनाउन सकिन्छ भन्ने बिषयमा पनि छलफल हुने हुमागाईले बताईन ।
सडकको स्तरोन्नतिका लागी महिनौ देखी काम सुरु गरिएता पनि छिटो छरितो रुपमा कामले गति लिन नसकेपछि जनमानस बाट सडकको बिषयमा बिभिन्न टिका टिप्पनी उठेपछि छलफ तथा अन्तरक्रिया गरिन लागेको बताइएको छ ।